Logo

Student Corner

‘म’ नेपाली

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 21 March, 2023

नेपालमा जन्मिएँ म

गर्व धेरै गर्दछु

राष्ट्रभक्त भई देशको 

सेवा धेरै गर्ने छु ।


 

जन्मभूमि कर्मभूमि 

सबै मेरो यही हाे

टेवा पुर्‍याउने छु म 

पढी लेखी यही नै । 


 

देशको यो जलस्रोत

सदुपयोग गर्नु छ

नदीनाला भने जति

स्वच्छ बनाई राख्नु छ ।


 

बाटोहरू सबै अब 

राम्राे बनाई बस्नु छ।

भ्रस्टाचार जति सबै

हटाउनु पर्ने छ ।


 

नेपाली हो हेर साथी

मन सारो ठुलो छ

मेहेनत गरी मात्र

दैनिकी यो चल्दछ ।  

 

विदेशीएका दाजुभाइ

देशतर्फ फर्क न

देशको विकास गर्न अब

यही बसी खट न ।