Logo

Student Corner

मित्रता

Written by: Prasiddhi Dangol - 28009, Grade VII

Posted on: 21 March, 2023

साथ दिएका छन् महत्त्व छ अदभूत

 नभएमा हुँदैन थियो जीवन मजबुत

उनकै सहाराले बाँचेका छन् कोही 

उनकै कारणले सास फेरेका छन् कोही।

 

आमा-बुबा जस्तै परिवार हो तिमी

कसैको जीवनका सहारा  हाै तिमी

 कठिनाइहरूमा  तिमी  हुन्छौ सँगै

 सुखमा पनि  छोड्दैनौ साथ सधैँ।


 

मान्छु म तिम्रो  माया र साथ 

कहिल्यै बिर्सिदिन  तिमी एउटा गाथ

   मरेर  गए पनि  सधै अमर रहने छौ

 सबैको मनमा एउटा  छाप छोड्ने छौ।