Logo

Student Corner

रुख

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 21 March, 2023

रुख हाम्रो जीवनका लागि एकदमै आवश्यक छ I रुख हाम्रो असल साथी हो किनभने रुख बिना हामी बाँच्न  सक्दैनौँ I रुखले कार्बन डाइ अक्साइड लिएर हामीलाई  श्वास फेर्नलाई आवश्यक पर्ने अक्सिजन दिन्छ I रुखले वातावरण स्वच्छ र सफा बनाउँछ I रुखले हावा, पानी , ध्वनिप्रदूषण हुनबाट जोगाउँछ I रुखले माटोलाई मलिलो बनाउँछ I  रुखले चराचुरुङ्गी र जनावरहरूलाई बासस्थान र खाना दिन्छ I  रुखले वातावरणको  तापक्रम घटाउँन पनि सहयोग गर्छ I संसारमा विभिन्न प्रकारका रुखहरू पाइन्छन् I रुखबाट हामीले धेरै फाइदा लिन सक्छौँ I रुखले हामीलाई काठ,दाउरा,स्याउला ,औषधि बनाउनका लागि चाहिने जडिबुटी, कच्चा पदार्थ प्रदान गर्छ I रुखको दाउरा र स्याउला बालेर हामीले खाना बनाउँन सक्छौँ I रुखको काठबाट हामीले खाट,टेबल, कुर्सी ,दराज, सोफा, घरको झ्याल ढोका बनाउान सक्छौँ I रुखले हामीलाई घामबाट बच्नलाई शितल छहारी दिन्छ I वरिपरि रुख भएको ठाउँमा बस्ने मानिस स्वस्थ र खुसी हुन्छ I रुखको हरियालीले हाम्रो आँखालाई पनि फाइदा पुर्‍याउँछ I रुखले सूर्यको हानिकारक किरणलाई पृथ्वीसम्म आउँन दिँदैन I त्यस्तै पानी पार्नका लागि पनि रुखले सहयोग गर्छ I 
हामी सबै मिलेर रुखको संरक्षण गर्नुपर्छ I जथाभाबी रुख काट्नुहुँदैन I हामीले रुख काटेपछि अर्को रुख रोप्नुपर्छ I वृक्षारोपण कार्यक्रम गरेर रुखबिरुवालाई बचाउँन सकिन्छ I सामुदायिक बनको विकास गरेर पनि रुखलाई बचाउँन सकिन्छ I रुखको जराले माटोलाई बलियो गरी समातेर राखेको हुन्छ I जथाभाबी रुख काट्नाले बाढी पहिरो गएर ठुलो धनजनको क्षति हुन सक्छ र पृथ्वीको तापक्रम पनि बढ्दै जान्छ I त्यस्तै विभिन्न पशुपङ्क्षीहरूलाई पनि समस्या हुँदै जान्छ I जथाभाबी रुख काट्नाले प्रदूषण बढ्छ जसले गर्दा मानिसहरू विभिन्न रोगको सिकार बन्न पुग्छन् I त्यसैले हामी सबै मिलेर रुख जोगाउनुपर्छ I