Logo

Student Corner

मेराे देश

Written by: Sushant Pokhrel - 32020, Grade III

Posted on: 21 March, 2023

मेरो देश नेपाल एसिया महादेशमा पर्छ । यहाँ विभिन्न जातजाति, भाषा, धर्म, रितिरिवाज, चालचलन र संस्कृति बोकेकाे समुदायको बसोबास रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश जलस्रोतको धनी देश हो । मेरो देशलाई हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ । विश्वको उच्च हिमाल सगरमाथा र शान्तिका अग्रदुत गौतम बुद्ध जन्मिएको मेराे देश साच्चैनै सुन्दर छ लालीगुराँस फुलने हिमालदेखि पहाड हुँदै समथर तराईको फाँट र विभिन्न ताल अनि मठ मन्दिरहरू यहाँका आकर्षक कुराहरू हुन् ।