Logo

Student Corner

एउटा गन्तव्य सकिन लागेछ

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 20 March, 2023

 

त्यो कलेजको समय थियो । आशा र उमङ्ग छताछुल्ल थियो जीवनमा । ११ का ती  अनलाइनबाट देखिएका ती नया अनुहारसँग २ वर्ष पनि सकिन लागेछ । तितामिठा याद र सम्झना सबै समेटेर अब छुटिने दिन नि आएछ। कुनै मोड वा जिन्दगीको  कुनै गन्तव्यमा भेट हुने बाचासहित अबलाई आगाडिका लागि शुभकामाना दिने दिन नि आएछ । पहिलो त्रैमासिक परीक्षाकाे पहिलो दिन थियो, हामीले हाम्रा ती साथीहरूलाई पहिलो पल्ट देखेकाे अनि भेटेको । कोरोनाको डरले ती मस्कले छोपिएका अनुहार कसले सोचेको थियो र येसरी २ वर्ष साथीहरूको माझमा घुलमिल हुन  सकिन्छ भनेर। ती अनलाइन कक्षामा देखेका भन्दा बेग्लै   थिए; ती अनुहार भेट्दा । त्यही परीक्षामा छेवैमा परेको त्यो साथी  जसलाई त्यत्रो ८ दिनसँगै जाँच दिँदा नि नबोली सकेपछि यदि सबैजना ऊ जस्तै नबोल्ने भए भने, भनेर लागेको डर । तर मैले त डर मात्र  लिएकी रहेछु । आज त्यही छेउँमा परेको साथी मसँग सबैभन्दा नजिक छ;  अनि सोचे कस्तो नसोचेको कुरा जिन्दगीमा हुने रहेछ । आज सबै जना साथीहरू एउटा परिवारका सदस्य जस्ता भयाैँ । त्यो परिवार कसैसँग झगडा मनमुटाव जति भए पनि आखिरमा उही नै सबै थोक हो जस्तो लाग्ने।  अनि  एक अर्कालाई प्रोत्साहन गर्न र हरेक कुरामा साथ दिन कहिल्यै पछि हटेनौँ । जो बाट कति नि टाढा जान मन छैन । तर जिन्दगीमा सधैँ आफूले सोचे जस्तो कहाँ हुन्छ र जो पनि मान्छे कहीँ न कहीँ गएर छुटिनु नै पर्ने रहेछ । तर केही सम्झनाहरूसँगै लैजान मन लाग्ने रहेछ। 
 

रगतको नाता त हामीमा पक्कै थिएन तर भावना र भरोसाको नाताले  होला कक्षा ११ मा जस्तै सम्बन्ध निभाउँदै आगाडि नि त्यही सम्बन्ध निभाउने वाचा हामी पक्कै गर्ने छौँ । तर त्यो वाचामा हामी कतिन्जेल  टिक्न सक्छौँ भन्ने हो सबैसँग बोलिन्छ भन्ने छैन त,र थोरैसँग बोलिछ भन्ने आशा अझै छ । कक्षा १२ लगभग सकिन लाग्यो तर यी दुई वर्ष यति चाँडै कसरी बिते थाहा छैन । लाग्छ, साथी भन्ने सम्बन्ध नै प्रेमिल भावनाहरूको सङ्गम हाे, जहाँ हरेकसँग आफ्नै ढङ्गबाट आत्मीयता जोडिएको छ । दुई वर्षको अन्तरालमा  कोहीसँग कस्तो सम्बन्ध भयो होला कोहीसँग कस्तो फरक के छ तर जस्तो भए  नि हामी दुई वर्ष सँगसँगै खेल्यौँ, सँगै बस्यौँ, सँगै घुम्याैँ, सँगै पढ्याैँ  पनि । अब साथी याे विषयकाे गृहकार्य गर्याे  भनेर सोध्नु पर्ने छैन, अनि आज सरलाई  गृहकार्य  जाँच नगर्नु भनेर  भन भन्नु पर्ने पनि छैन अब तिम्रो खुसी अर्कै संसारमा हुनेछ तर मलाई विश्वास छ तिमीलाई यी कुराहरूको धेरै याद आउने छ ।  

 

अब छुटिने दिनहरू नजिकै आउँदै गर्दा शिक्षकहरूको मिहेनत र पसिनाको  लागि धन्यवाद त दिनु नै छ । कतै केही नभनी गलत कुरालाई सिकाउने सबै शिक्षक जसले सबैलाई नयाँ भविष्यको लागि सधैँ हौसला दिनु हुनेछ ।  उचित ठाउँमा साथ दिने अनि नचाहिने ठाउँमा गाली गर्ने गरेर हरेक कुरालाई सावधानीपूर्वक हल गर्न सिकाउने मेरा गुरुहरूको पक्कै सम्झना आउने नै छ ।  अब अन्त्यतिर आउँदा धेरै कुरा छुटे भन्ने निराशा हट्दै छन् र मैले यस विद्यालयमा धेरै सिक्ने मौका पाएँ भन्दै सायद धेरै खुसी हुने छु । 

 

अन्त्यमा नयाँनौलो कुरा त केही हाेइन तर साथीहरूसँग  गरेका सामान्य चिज पनि धेरै नयाँ लाग्ने रहेछ ।  अब  जहिले देख्ने अनुहार कुनै मोडमा त्यही पनि भाग्य रहेछ भने पक्कै भेटिएला ।  अब कति धेरै बोल्छे यो भन्नेहरूले पनि अब सायदै यो आवाज सुन्नुपर्ने छैन । अब कुनै  जिन्दगीको मोडमा भेटिएछ भने तिमी यो कुरामा पक्का हुँदा हुन्छ कि जस्तो हाम्रो सम्बन्ध अहिले छ पछि पनि त्यस्तै नै हुनेछ ।  अब  छुट्टिदै गर्दा  सँगै  बिताएका पलहरू सम्झना स्वरूप मन अनि मस्तिष्कमा सधैँ बाँधेर राख्नू ।  जिन्दगीको मोडमा  पक्कै कहीँ कतै हामी भेटिने नै छौँ ।  जिन्दगीमा मैले यी २ वर्ष भेटेका हरेक मान्छेसँग केही न केही सिकेकी छु। पक्कै अब  सम्झना झन्झन् गाढा हुने छ । अब लाग्नेछ किन यति विघ्न सताउँछ होला सम्झनाले जिन्दगीका मोडहरूमा ! सम्झनाको एक उडान बनिसकेको छ,  डियरवाक र भेटिएका ती अनेकन पात्रहरूतिर । तर भेटिनु  र छुट्टिनु त छदै छ जीवनमा  सिक्नुपर्ने कुरा सधैँ रहिरहँदो रहेछ । अझै धेरै कुरा सिक्न  बाँकी हुँदाहुँदै छुट्टिने दिन आइसक्यो । जिन्दगीमा धेरै प्रगती गर्नु, अनि अरू कहीँ नभए पनि सामजिक सञ्जालमा चाहिँ कहिलेकाहीँ सम्झिने गर्नु है  !