Logo

Student Corner

मेरो भैरहवाको यात्रा

Written by: Aayan Rai - 31006, Grade IV

Posted on: 20 March, 2023

 

यसपालिको बिदामा म मेरा बाजे र बज्यैसँग भैरहवा गएँ । मेरो बाजेको कामको सिलसिलामा हामी गएका थियौँ । हामी त्यहाँ मेरो मामाघरमा बस्यौँ । त्यहाँ मामा माइजू र दिदी भेटेर म धेरै खुसी भएँ ।  मलाई मेरो मामाघरमा भएका कुकुरहरू देखेर साह्रै रमाइलो लाग्यो । म सधैँ  ती कुकुरहरूसँग खेलेर समय बिताउँथे । पौष १५ को तमू ल्होसारमा मैले शान्ति गुम्बा जाने मौका पाएँ । त्यहाँ मैले भाषण सुनेँ । नाचगान हेरेँ र भुटुवाहरू खाएँ । मैले पहिलोपटक तमू ल्होसारमा सहभागी हुने मौका पाएको थिएँ ।  यस्तो अवसर जुरेकोमा मलाई अत्यन्त खुसी महसुस भयो । केही समयपछि मेरो मामासँग घर फर्किएँ । यसपालिको बसाइँमा मलाई सबैभन्दा मन परेको कुरा चाहिँ माइजूले पकाएको खाना थियो । हरेक दिन म मासुभात थपीथपी खान्थेँ । कुकुरसँग खेल्ने बाहेक म मेरा बाजेसँग कहिले ब्याडमिन्टन त कहिले फुटबल खेल्थेँ । यस्तै रमाइलो गर्दै पाँच दिनको बसाइ सकिएको मैले थाहै पाइन । काठमाडौँ  फर्कने दिन मैले ती कुकुरहरूका फोटो खिचेँ । अहिले ती कुकुरहरू सम्झिदा त्यहीँ फोटो हेरेर चित्त बुझाउँछु । यस्तै प्याराप्यारा सम्झनाहरूले मेरो भैरहवाको यात्रा अविस्मरणीय बनाएका छन् ।