Logo

Student Corner

पुस्तक समीक्षा

Written by: Tanishq Shakya - 28011, Grade VII

Posted on: 17 March, 2023

विषयप्रवेश:

यस कथा ‘रोल नम्बर एक’की लेखिका राधा पौडेल हुन् । यो पुस्तक बाल्यकालीन संस्मरण हो र यो किताब मदन पुरकार विजेता पनि हो। यसमा चित्र बनाउने काम चाहिँ टाइम्स क्रिएसनले गरेकाे हाे । यो कथा साङ्ग्रिला पुस्तक प्रा.लिले प्रकाशन गरेको हो। याे पुस्तक २०७९ भदाैमा प्रकाशित भएको थियो। 

 

पात्रहरू:

यस कथामा धेरै पात्रहरू छन् । यस पुस्तककाे प्रमुख पात्र राधा हुन्। यो कथाका सहायक पात्रहरूको रूपमा आमा, बुबा, दिदीहरू, राधाका छिमेकीहरू, राधाका साथीहरू, पसले, आदि रहेका छन् । यी विभिन्न पात्रहरूले गर्दा यो कथा अझ राम्रो बनेको छ । कथामा राधा एक असल, मिहिनती र सहयोगी पात्रको रुपमा देखाइएको छ । 

 

कथावस्तु:

राधालाई सानैदेखि काम गर्न मन लाग्थ्यो । राधा सानी हुँदादेखि नै गाइभैँसीहरूलाई चराउन जान्थी । ऊ ठुली भएपछि चाहिँ आफ्नी आमा र दिदीहरूसँग घरधनीका घरमा काम गर्न जान्थी । राधाले एकदिन आफ्नी साथीले भाकल गरेको देखी र उसले पनि आफ्नो जाँच अगाडि भाकल गरी । भाकल गरेमा पनि उसकाे राम्रो अङ्क आएन र ऊ धेरै दुःखी भई। उसकी आमाले उसलाई भाकल मात्र गरेर हुँदैन, मिहिनेत पनि गर्नुपर्छ भनी। त्यसपछि राधाले धेरै मेहनत गरी । राधा एक कक्षादेखि दुई कक्षामा जाँदा प्रथम भइन, दुई कक्षादेखि तीनमा जादा पनि प्रथम भइन तर तीन कक्षादेखि चार कक्षामा जाँदा ऊ प्रथम भई ।

 

नयाँ विद्यालयमा राधा एक्लै प्रथम केटी थिई। उसलाई आफ्नो नयाँ विद्यालय त्यति मन परेन । त्यहाँ पढाएको उसले धेरै केही बुझ्दिनथी। पछि उसले आफ्नो पुरानो विद्यालयको बारेमा सोची । उसले पहिला कसरी पानी खाने ठाउँ, शाैचालय र फूलबारी बनाएको भनेर सम्झी । ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम केही रहोस् पछि भनी कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त भइकन आज यस्तो।’ यस श्लोकको अर्थ पहिले राधाले बुझेकी थिइन। उसले आफ्ना दिदीबाट यो श्लोक सुनेकी थिई । जब ऊ कक्षा ५ मा पढ्थी, उनले त्यसकाे अर्थ बुझिन ।  त्यस श्लोकले 'सामाजिक काम वा असहायलाई सहयोग गर्न धनी हुनुपर्छ’ भनेको थियो ।  

 

एक पटक उसकी साथीको लुगामा आगो लागेको थियो र ऊ ६ महिनासम्म विद्यालय जान सकिन, त्यसैले राधा उसको घरमा जान्थी र शिक्षकले पढाएको कुरा बुझाइदिन्थी । एकदिन राधाले एक भाइलाई आफ्नो किताब दिई र त्यो भाइ एक पल्ट दोस्रो भयो तर पछि जहिल्यै प्रथम हुन थाल्यो। राधाले एकदिन पसलबाट सामान किनेर फर्कदा बाटोमा पैसाको हिसाब गर्दै थिई । उसले दश रुपया धेरै पाएकोमा ऊ त्यो पैसा दिन फेरि पसल गई। पसलबाट फर्कँदा अँध्यारो भइसकेको थियो र राधालाई डर लाग्न थाल्यो। ऊ बाटामा हिड्दा उसकी आमाले उसलाई लिन आएकी थिइन्  र राधा र उसकी आमासँग घर फर्की ।  एकदिन राधा आफ्नो छिमेकीलाई मदत गर्न गई र फर्कँदा उसले तल्लो जातका दिदीको घरमा सेलरोटी खाई। ऊ घर जाँदा आमाले गाली गर्नु हुन्छ होल भन्दै सोचिरहेकी थिई तर उसलाई केही भन्नु भएन।

 

होलीको समय थियो। राधा आफ्नो अनुहारमा अबिर लगाउन चाहन्थी तर ऊ बजार जानु परेकोले कसैलाई नभेटी खेतको बाटोबाट गई । फर्कँदा एकजना दाइसँग उसको भेट भयो। त्यो दाइले टीका मात्रै लगाइदिने भने तर पछि राधाको अनुहारमा अबीर लगाइदिनुभयो। राधा रुँदै दौडिन थाली । ऊ घर पुगी र सिधै आफ्नो कोठामा गएर बसी । राधाको एकजना साथी केही दिनदेखि विद्यालय गएकी थिइन। ऊ विद्यालय आएपछि राधाले उसकी साथीलाई के भयो भनेर सोधी । उसकी साथीले आफूलाई महिनावारी भएको कुरा भनी । ऊ कसरी घरबाट टाढा आफ्नो गोठमा सुत्नुपरेको कुरा भनेर भनिन् । उ्सलाई कसरी कुनै पुरुष हेर्न अनुमति दिइएन र विद्यालय आउन पनि अनुमति दिइएको थिएन भनेर बताइन्। त्यसपछि उनीहरू दुवै कक्षामा सँगै बसेर आफ्नो कठिनाइको बारेमा कुरा गर्दै रोए।

 

परिवेश: 

कथाकाे स्थलगत परिवेश चितवनको घर, अहिलेको घर, विद्यालय, घरधनीका घर/ ठाउँ, पसल, खेत हुन् । कथामा गाउँमा बस्दाको कठिनाइ, भेदभाव आदिको बारेमा देखाइएको छ। यो कथाको समयगत परिवेश करिब १७ वर्श सम्मको अनुमान लगाउन सकिन्छ  । 

 

निष्कर्षः 

विशेष गरी लेखककाे बाल्यकालीन सङ्घर्षकाे वर्णन यस पुस्तकमा गरिएकाे छ ।  यस पुस्तककले वर्गीय, लैङ्गिक विभेद, दुख सुखका पलहरूलाई देखाउँदै परिवर्तकाे सङ्केत गरेकाे छ । पुस्तक अत्यन्त राेचक छ । यसले हामीलाई जीवनमा केही पाउनका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा सिकाएकाे छ त्यसैले ११ देखि १५ वर्षकाे उमेरसम्मका विद्यार्थीहरूलाई म याे पुस्तक पढ्नका लागि सिफारिस गर्दछु ।