Logo

Student Corner

वातावरण

Written by: Avneesha Maharjan - 32005, Grade III

Posted on: 17 March, 2023

वातावरण भन्‍नाले हाम्राे वरिपरिकाे घाम, हावा, पानी, बाेटबिरुवा भन्‍ने बुझिन्छ । हामीले हाम्राे वातावरण सफा राख्‍नुपर्छ । खाेलानाला सफा राख्‍न वरिपरि बाेटबिरुवा राेप्‍ने  गर्नुपर्दछ । वृक्षाराेपण गर्नाले वातावरण राम्राे हुन्छ । वातावरण नराम्राे भयाे भने धेरै पानी पर्दा बाढी पहिराे जाने धेरै गर्मी हुने हुन्छ । यस्ताे वातावरणले हाम्राे जीवनमा धेरै असर गर्दछ । वातावरणलाई असर भयाे भने प्राकृतिक प्रकाेप आउँछ । त्यसैले हामीले वातावरणकाे संरक्षण गर्नुपर्छ ।