Logo

Student Corner

पत्रपत्रिकाकाे महत्त्व (संवाद)

Written by: Suprav Acharya - 2026004, Grade VI

Posted on: 02 August, 2020

(महेश र राजनले फाेनमा कुरा गर्दै छन् । उनीहरू आज आफ्ना बाबाले समय नदिएकाे  कारण एक आपसमा  गुनासाे गर्दै छन् ।)

महेशः  शुभ दिन राजन !

राजनः  शुभ दिन महेश !

महेशः राजन , आज बिहान मैले मेरो बाबाले पढ्ने पत्रिका लुकाइदिए नि ।

राजनः  किन नि ?

महेशः  किन हुनु नि, मलाई बाबाआमाले  समय नदिएको मन पर्दैन त्यसैले ।

राजनः  अनि पत्रिकाले तिमिलाई चाहिँ के गर्‍यो त ?

महेशः  अहिले जसलाई हेरे पनि पत्रिकामा नै ध्यान हुन्छ, बाबाले त झन् बिहान पनि बेलुका पनि पत्रिका पढेर मसँग खेल्न नि भ्याउनुहुन्न ।

राजनः  तिमीलाई थाहा नै रहेनछ, पत्रिका पढ्नु त राम्रो हो नि । बरू तिमी पनि बाबासँग बसेर पढ्ने बानी गर । 

महेशः  हो र ! अरू पनि कुरा भनन पत्रिका पढ्दा के के फाइदा हुन्छ ?

राजनः समाचारपत्रहरूले संसारका समाचारहरूका बारेमा जानकारी दिन्छन्, हाम्राे सामान्य ज्ञान बढाउँछ, नयाँ नयाँ शब्दभण्डारकाे पनि विकास हुन्छ । यति मात्र हाे र समाचारपत्रले त देशका आर्थिक स्थिति, खेल, मनोरन्जन, व्यापार र वाणिज्यको बारेमा पनि जानकारी प्रदान गर्दछ। 

महेशः ए हाे र, त्यही भएर पाे बाबाले सधैँ घरमा नयाँ नयाँ कुराका बारेमा बताउन सक्नुभएकाे रहेछ । 

राजनः  महेश, मेराेमा त बाबा, मामु र मैले नै पत्रपत्रिका पढ्छाैँ । मलाई बाबाले काेपिला पत्रिका ल्याइदिनुहुन्छ । त्यसमा बालबालिकाका लागि काम लाग्ने कुरा हुन्छन् । भाषा पनि सजिलाे हुन्छ । 

महेशः अरू पनि के के फाइदा छन् ? भनन राजन ।

राजनः हेर महेश पत्रिका पढेर हामीले हाम्राे भाषा पनि सुधार गर्न सक्छाैँ, सुचनाका साथै लेखनकला पनि जान्न सक्छाैँ  अनि पत्रिकाले टेलिभिजन  र कम्प्युटर हेर्ने समय पनि घटाएर हाम्राे पढ्ने बानीमा पनि सुधार ल्याउँछ । 

महेशः ए हाे , त्यसाे हाे भने अबदेखि म पनि बाबासँगै पत्रिका पढ्ने बानी बसाल्छु ।

राजनः अब त बुझ्याै नि महेश ।

महेशः  राम्ररी बुझे  राजन, आज तिमीले मलाइ सारै उपयाेगी कुराकाे बारेमा जानकारी दियाै । अब म पनि  सधैँ पत्रिका पढ्छु  र अरू साथीलाइ पनि भन्छु । आजलाई बिदा है त ।                                        

राजनः ल ल आजलाई छुटाैँ, अर्काे भेटमा पत्रिका पढेर तिमीले सिकेका कुरा भन ल । ल त बिदा ।