Logo

Student Corner

सेवाप्रवाह

Written by: Arpan Acharya - 23010, Grade XII

Posted on: 16 March, 2023

सामान्यतया आध्यात्मिक गुरुहरू जो आफ्ना शिष्यहरूका ठुला शुभचिन्तक हुन्छन्, उनीहरूले आफ्ना चेलाहरूलाई ब्रह्म मुहूर्तमा उठेर ध्यान गर्न सुझाव दिन्छन् । त्यसै गरी विद्यार्थीहरूका शुभचिन्तक शिक्षक तथा अभिभावकहरूले आफ्ना बालबालिकालाई बिहानै उठेर अध्ययन गर्न सुझाव दिन्छन् । अब केही समयका लागि मलाई पनि तपाईंको शुभचिन्तक बन्न दिने हो भने म पनि तपाईंलाई ब्रह्म मुहूर्तमा उठ्न सुझाव दिन्छु । परम ब्रह्मको यो समयावधिमा आफ्नो निद्राको खलबली म तपाईंलाई न त पढ्न या न त कसरत गर्न भनेर नै भन्छु । नेपालकाे सन्दर्भमा म त तपाईंलाई यदि सरकारी कार्यालयमा केही काम छ भने बिहानै उठेर लाइन लाग्नका लागि ब्युझिन अनुरोध गर्छु ।    
हुन पनि नेपालका सरकारी कार्यालयमा खै के मजाक चलिरहेको हुन्छ । बिहान सबेरै त्रिपुरेश्वर राहदानी विभाग हुँदै हिँड्दै जाँदा कार्यालयदेखि  कार्यालयको गेटभन्दा टाढासम्मा रहेको लाइनमा उभिएका मानिसकाे ताँती हेर्दा उदेक लाग्दाे हुन्छ । ती मानिसहरूकाे हातमा कार्यालयमाभित्र बुझाउने कागजपत्र होलान् र काँधमा थुप्रै जिम्मेवारीहरूको भार बाेकेर उभिएका हुन्छन् ।  यस्तै यातायात कार्यालयमा हेर्ने हाे भने पनि त्यस्तै लाइनकाे ताँती हुन्छ । अदालमा पर्ने मुद्दाकाे त कुरै नगराैँ,  छिनाे कहिले लाग्ने भनेर ।

आखिर सरकार र सरकारी कर्मचारीहरूले कहिले बुज्झे  कि जनताले सेवा पाउने हामी सेवाग्राही हौँ र उनीहरूको कर्म हामीलाई सेवा प्रदान गर्ने हो । यही प्रश्न कार्यालय मै गर्ने हो भने कर्मचारीद्वारा हेपाइ तथा गाली सुन्न पर्ने अवस्था किन आउँछ हाम्राे देशमा ? मेहेनत गरेर कर्मको फलस्वरूप आएको राजश्वबाट तलब सुविधा लिने कर्मचारी किन सेवा प्रवाहमा ढिला गर्छन् ? हामीले प्रश्न किन नउठाउने ? अब जनताको यो तिखो ध्वनि सबै कर्मचारी र राज्यले सुन्नुपर्छ । सेवा प्रवाह चुस्त र दुरूस्त हनुपर्छ ।