Logo

Student Corner

सूर्य

Written by: Aarohan Timsina - 29057, Grade VI

Posted on: 16 March, 2023

बिहानपख जहिले निस्किन्छ एउटा चम्किलो तारा ।

रश्मि दिन्छ त्यसले तातो बनाउँछ संसार नै सारा ।

दिनमा आँखा देख्न सहयोग गर्न तिमी हौ एउटा चिज ।

तिमीमा छैन कुनै भावना न खुसी छ न छ रिस ।।


 

तिमी हामीलाई बिहान उठाउछौ गर्न लगाउछौ काम ।

हामीलाई आराम दिने तिमी  नै जब गर्नुछ विश्राम ।

तिमीले उठायौ यो सानो धर्ती आफ्नो ठुलो शिरमा ।

तिमीले अड्याउछौ संसारै सारा आफ्नो त्यो हातमा ।।


 

तिमीले गर्दा संसार चल्छ नभए केही हुन्न ।

तिमीले दियौ धर्तीलाई खाना तरकारी र अन्न ।

तिमी हौ सूर्य छौ धेरै तातो पार्छौ हामीलाई न्यानो ।

मौसम बदलिन गर्मीमा ठुलो र जाडोमा सानो ।।


 

तिमी हौ यो धर्तीको सुन्दरताको एउटा राज ।

मन लाग्यो भने फरक गर्छौ भत्काउछौ संसार ।

तिमीले गर्दा सबैजना बाँच्छन् नाच्छन् र गाउँछन् ।

भएनौ भने सबैलाई पुग्नुपर्ने हुन्छ घाट ।।


 

अहिलेसम्म धेरैले गरे तिमीलाई प्रयाेग ।

कहिले नछोड हामीलाई बस हाम्रो साथ ।

हामीलाई चाहिएको साधन गयो भने हाम्रो त क होला ।

तिमी गयौ भने धर्ती एउटा पत्थर बन्छ होला ।