Logo

Student Corner

रक्षाबन्धन

Written by: Himamsu Bal - 31009, Grade IV

Posted on: 16 March, 2023

रक्षाबन्धन एक प्रमुख चाड हो । रक्षाबन्धनलाई राखी बाँध्ने दिन पनि भनिन्छ । रक्षाबन्धन साउन महिनामा पर्दछ । याे जनैपूर्णिमाको दिन मनाइन्छ । ‘रक्षा’काे अर्थ सुरक्षा हाे र ‘बन्धन’ भनेको बाँध्नु हो । याे चाड दाजुभाइ र दिदीबहिनी बिचको चाड हो । यस दिनमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको नाडीमा विशेष धागाे बाँधी दिन्छन् । दिदीबहिनीले सुरक्षा स्वास्थ्य र उज्ज्वल भविष्य तथा प्रगतिको कामना गरी भगवानसँग प्रार्थना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिन्छन् । जुनसुकै परिस्थितिमा पनि उनीहरूलाई हेरचाहा गर्ने बाचा गर्दछन् ।