Logo

Student Corner

हजुरबुबाको कार्यालयमा एक दिन

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 15 March, 2023

म २८ फागुनमा मेरो हजुरबुबाको कार्यालयमा गएको थिएँ। मेरो हजुरबुबा महामञ्जुश्री विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । मलाई मेरी आमाले पुर्‍याइदिनुभयेको थियो । म पुगेपछि, कता जाने भनेर केही पनि थाहा थिएन त्यसैले मैले धेरै जनालाई प्रधानाध्यापककाे कार्यालय कता हो भनेर सोधेँ। एक जनाले मलाई त्यता हो भनेर देखाइदिनुभयो । म जुत्ता फुकालेर मेरो बुबाको कार्यालयको भित्र पसेँ । म गएर बुबालाई ढोगेँ, तर बुबाको बैठक भइरहेको थियो। म कुर्सि लिएर बसेँ त्यसपछि सबैजना कोठाबाट निस्किनुभयाे पछि, म बुबासँग गफ गर्न थालेँ । त्यहाँ काम गर्ने आन्टीले मलाई र बुबालाई चिया ल्याएर दिनुभयो। मलाई बिस्कुट पनि दिनुभएको थियो र मैले बुबासँग बसेर चिया र बिस्कुट खाएँ।  म एकैछिन बाहिर गएँ, मेरा छिमेकी दाइहरूले मलाई चिन्नुभयो।
मेरो बुबाले विद्यालयका लागि विद्युत गाडी किन्ने विचार गर्नुभएको रहेछ । गाडी बेच्न दुई जना मान्छेहरू आउनुभएको थियो । म, मेरो बुबा, अरू विद्यार्थी र अरू शिक्षकहरू लिएर गाडीमा सेतो गुम्बासम्म गयाैँ। फर्केर आएपछि म र मेरो बुबा बसेर खाना खायाैँ। मेरी आमा मलाई लिन आउनुभएको थियो, तर मैले म बुबासँगै आउँछु भनेर उहाँसँग जान मानिन। बुबाको ५-६ बजेतिर छुट्टी भयो। म र मेरो बुबा उहाँको गाडीमा घर फर्कियाैँ। मैले अर्को लुगा लगाएर मेरो भाइसँग भकुण्डो खेल्न थालेँ। बुबा एकैछिन बसेर घर जानुभयो र म र मेरो भाइ पनि घरभित्र पसेर टी भी हेर्न थाल्याैँ। मलाई त्यो अनुभव धेरै राम्रो लाग्यो र मलाई फेरि पनि त्यस्तै गर्न रहर छ।