Logo

Student Corner

मनमा दुःख छ

Written by: Sanjay Puri - 23058, Grade XII

Posted on: 14 March, 2023

किन हाे, तिम्रो मायामा पागल भएँ म

किन हाे, तिम्रो यादमा घायल भएँ म ।


 

तिमी अगाडि हुँदा मूर्तिझैँ  हुन्छु म

तिमी पछाडि हुँदा फुर्तिलाे हुन्छु म ।


 

तिम्रो सम्झनाकाे मेराे मनमा दुःख छ 

तिमीसँग कुरा गर्न नसक्ने कस्ताे मेराे मुख छ ।


 

तिमीलाई देखेपछि हुन्छन् यादहरू ताजा 

धिक्कार छ ! मलाई, बन्न सकिन  तिम्रो म आज ।


 

तिम्रो सम्झनाले ल्याउँछ भुमरी

तिमी नै हौ मेरी सपनाको राजकुमारी  ।