Logo

Student Corner

मलाई मन पर्ने खेल

Written by: Aayan Rai - 31006, Grade IV

Posted on: 14 March, 2023

मलाई सबैभन्दा बढी मन पर्ने खेल फुटबल हाे । फुटबल खेलमा दुईवटा समूह हुन्छन् । दुईवटै समूहमा एघार एघार जना खेलाडी हुन्छन् । एउटा एउटा समूहको आफ्नै गाेलपाेस्ट हुन्छ । आफ्नो प्रतिस्पर्धीको गाेल रोक्न एउटा गाेलकिपर हुन्छ । यो खेलमा हामीले बललाई हान्न खुट्टा मात्र चलाउनुपर्छ । आउट हुँदा मात्रै हात प्रयोग गर्न पाइन्छ । त्यसै गरी गोलकिपरले मात्रै हात प्रयोग गर्न सक्छन् । फुटबलका प्रसिद्ध खेलाडीहरू राेनाल्डाे, मेस्सी  आदि हुन् । यस खेलको एउटा समूहमा एउटा कोष र कप्तान पनि हुन्छ । कुनै खेलाडीले अर्को खेलाडीलाई धकेलिदियो भने पेनाल्टी हुन्छ । यो खेल अन्तर्राष्ट्रिय खेल हो । यो खेल खेल्याैँ भने हामी शारीरिकरुपमा बलियो र स्वस्थ हुन्छौँ ।