Logo

Student Corner

सबैको भनाइ

Written by: Nigam Ghimire - 24081, Grade XI

Posted on: 13 March, 2023

जीवनमा कहिल्यै नमान्नु हार,

लक्ष्य प्राप्त गर्न मेहनत गर्नु अपार,

हामीले गर्न नसक्ने केही छैन,

जीवनमा असम्भव कुरा केही हाेइन ।


 

जसको लागि हामी बनेका छौँ,

हामीले हाम्रो सपना पूरा गर्नुपर्छ।

के यो हाम्रो जीवनको साँचो अर्थ हो ?

मूल्यवान् समय यसै बिताउनु व्यर्थ हाे ।


 

हामी एक दिन अवश्य मर्ने नै छौँ

त्यसैले आफ्नो विगतलाई बिर्सेर,

जन्मिनुकाे आनन्द लिदै याे धर्तीमा

कर्मवीर बनी अगि बढाैँ, जीवनकाे यात्रामा ।


 

भविष्य के हाे ? यसकाे चिन्ता गर्नु बेकार छ 

गरे केही नाैलाे काम जीवन अपार छ । 

हामी जीवनमा हार मात्र मान्छाैँ 

अर्ती उपदेशलाई खराब ठान्छाैँ ।

र केही नगरी भन्छाैँ  गरे सम्भव छ ।