Logo

Student Corner

प्रेम र सम्बन्धको शक्ति

Written by: Neharika Panta - 23028, Grade XII

Posted on: 10 March, 2023

 

प्रेमले सबैलाई एकताको शक्तिमा बाँध्छ,

प्रेम एक शक्ति, जो अपरम्पार छ।

प्रेम एक बन्धन,

जसले हाम्रो मनमा अनुभूति भर्छ,

र हरेक चेहरामा हाँसो ल्याउँछ ।

 

प्रेममा हामी शान्तिको अनुभव गर्छौं,

हाम्रा चिन्ता र भयहरूलाई  हटाउँछ।

हामी अनुभव मात्र गर्छौँ प्रेमलाई,

हामी देख्दैनाैँ कहाँ छ, खै प्रेम  ?

 

हामी हाँसाैँ, हामी रमाऔँ, 

हरेक चुनौती सफल हुन सक्छ,

हामी भागाैँ, पछि सराैँ,

हरेक अभियान जोखिम हुन सक्छ,

हामी बनाउँछौँ एक बन्धन 

जुन साकार हुन सक्छ ।

 

प्रेम फुल्ने आगो होइन,

याे आशाकाे दीयाे हाे ।

विश्वासकाे प्रेम छ भने

जीवन जिउने भराेसाकाे मियाे हाे ।