Logo

Student Corner

सानी भेटिई

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 10 March, 2023

 

आइतबारदेखि शुक्रबारसम्म कार्यालय जाने कामले गर्दा आमा बुबालाई प्रायः धमाधम नै हुन्छ । त्यही भएर हाेला आमा बुबा पनि शनिबार प्रायः ढिलाे नै उठ्नु हुन्छ र मलाई पनि आराम गराेस् भनेर हाेला सायद कहिल्यै बिहान उठाउन आउनुहुन्न तर एक दिनकाे कुरा हाे शनिबार बिहानै आमा झट्पट उठ्नुभयाे र हामीलाई पनि उठाउँदै भन्नुभयाे कि “हेर न आज किन हाे पल्लाघरमा रूवाबासी छ, बिहानी पखबाट नै काकी राेइरहेकाे सुन्याछु,” “लाै न के भयाे, न त काकालाई सन्चाे भएन कि केटाकेटीलाई के भयाे ? लाै न सानेकाे बुबा जानुन के भएकाे हाे साेधेर आउनु।”

 

आमाकाे हतास व्यवहार र हल्ला खल्लाले म नि ब्युउझिएँ र आमाकाे काेठातिर लागे । त्यहाँ आमाकाे मलिन अनुहार देखेर म पनि के भएछ भनेर आत्तिदै बुबालाई काकीकाे घरमा जान आग्रह गरेँ ।

 

बुबा हाम्राे अनुराेधलाई मान्दै काकीकाे घरतिर लाग्नुभयाे र केही समयपछि आमालाई फाेन गर्नुभयाे र भन्नुभयाे ‘सानी हराइछ, सबैतिर खाेज्दा नि पत्ताे नभए पछि पुलिसमा खबर गरेकाे छ रे त्यही भएर काकी रूनु भएकाे रहेछ, तिमी पनि आऊ न यतै र काकीलाइ सम्झाऊ।” बुबाकाे यस्ताे कुराले मलाई सारै नरमाइलाे लाग्याे र डर पनि लाग्याे । हिजाे मसँगै विद्यालयबाट आएकी सानी आज कसरी हराई हाेला । अँध्याराे भनेपछि असाध्यै डराउने सानी कसरी रातिमा हराउँन सक्छे ? मलाई साह्रै अचम्म र काैतुहलता जाग्याे र उसका पहिलेका आनीबानी साथी सङ्गतका बारेमा साेच्न थालेँ । ऊ विद्यालयमा पनि असल, ज्ञानी, लगनशील, मेहनती, अनुशासित विद्यार्थीमा पर्ने गर्थी । उसकाे काेहीसँग नराम्राे सम्बन्ध भएकाे पनि अहिलेसम्म थाहा छैन । काकीले भन्नुहुन्थ्याे कि ऊ सधैँ जँहा जानु परे पनि घरका मान्छेलाई भनेर मात्र जान्थी तर आज एक्कासि कसरी यस्ताे भयाे ?

 

११ पूरा पुगेर १२ वर्ष लागेकी सानी एक्कासि घरबाट हराउँदा घरपरिवार र गाँउलेलाई कतै ऊ अपहरणमा त परिन ? अहिले मानब बेचबिखनकाे यस्ताे धेरै घटना घटेकाे छ भनेर पनि शङ्का हुन थाल्याे । उसका आफन्त, नरनाता, साथीभाइ कसैकाे घरमा पनि सानी नभेटिए पछि सबैकाे मन आत्तिनु स्वभाविक पनि हाे तर म भने ऊ कसरी हराउन सक्छे भन्ने प्रश्नमा नै अल्झिरहेँ । मैले त्यस्ताे समयमा अरू केही साेच्न पनि सकिन । म काेठामा एक्लै टाेलाई रहेकाे देखेर दिदीले मलाई बाेलाउँदै भन्नुभयाे, बाबु के भयाे ? किन त्यसरी एकाेहाेराे टाेलाएकाे ? दिदीकाे आवाजले म झस्किएँ र सानी हराएकाे कुराले चिन्ता लागेकाे बताए । दिदीले चिन्ता नगर, सबैतिर खबर गरेकाे छ, पुलिसलाई पनि भनेकाे छ रे, काका र बुबाले वडा अध्यक्षलाई पनि खबर गर्नुभयाे रे । चिन्ता नगर, भेटिएली नि , कता पाे गएकी हाेला र, खाेजी गरेपछि पत्ता लागिहाल्छ नि ।

 

दिदीका कुराले केही मनमा सान्त्वना मिलेजस्ताे भए पनि मेराे मनमा बेचैन चाहिँ भइरह्याे । मैले उसँगै विद्यालय गएका क्षण सम्झिएँ, उसकाे मिठाे बाेली सम्झिएँ, विद्यालयमा खेलेकाे, पढेकाे सम्झिएँ । विद्यालयमा पढेकाे कुरा सम्झिँदै गर्दा मैले स्वास्थ्य विषयमा पढेकाे महिनावारीकाे कुरा सम्झिएँ र सरले भन्नुभएकाे थियाे किशाेरी अवस्था केटीहरूमा महिनावारी हुन्छ, यस्ताे समयमा उनीहरूमा चिट्चिडावट हुन्छ, चिन्ता हुन्छ । त्यही भएर यस्ताे समयकाे ख्याल गरी महिनावारी भएकाहरूलाई साथ दिने, सँगै बस्ने, शारीरिक परिवर्तनका बारेमा जानकारी दिनु पर्ने हुन्छ तर हाम्राे सामाजिक र सांस्कृतिक परम्परामा महिनावारी भएकाे बेलामा केटीहरूलाई घरबाट टाढा राख्ने चलन छ, अझ घरका पुरूष सदस्यकाे अगाडि आउनै हुन्न, उदाउँदाे सूर्य हेर्न हुन्न भनेर घरबाट टाढा वा घरमै बन्द काेठामा राख्ने गरिन्छ । याे कुराले मलाई मनमा एक्कासि शङ्का लाग्याे कि कतै सानी पनि महिनावारी भएर कतै लुक्न त गइन ? म काेठाबाट झट्पट उठेँ र दिदी दिदी भन्दै दिदी भएकाे ठाँउतिर गएँ । म आत्तिएकाे देखेर दिदी पनि आत्तिनुभयाे र भन्नुभयाे “के भाे तलाईँ किन यसरी आत्तिएकाे ? सानीकाे पिर लाग्याे हाे ? न आत्तिनु सानी पक्कै भेटिन्छे । उसलाई खाेज्न गाउँले सबै गइसके, पुलिसहरूले पनि खाेजी गर्न थालिसके रे ।

 

दिदीका कुरालाई काट्दै मैले भने दिदी कतै सानी महिनावारी त भइन ? मेराे यस्ताे प्रश्नले दिदी स्तव्ध र आश्चर्य हुनुभयाे र के भन्छ याे भन्दै ठुलाे स्वरमा मलाई गाली गर्नु भयाे  तर मैले दिदीलाई भने हैन दिदी साच्चै भनेकाे कतै सानी महिनावारी भएर कतै नदेख्ने ठाँउमा त लुकेकी छैन ? नत्र एक्कासि कसरी हराउँछे भन्नु त ? मेराे याे कुराले 

 

दिदी नि साेच्न बाध्य हुनुभयाे र सायद उँहालाई मेराे तर्क पनि ठिक लाग्याे हाेला सायद अनि खै के साेच्नुभयाे र मेराे काेठाबाट निस्कनुभयाे । मलाई भने मेराे कुरामा कतै हाे कि भन्ने परिरह्याे र उसकाे घरकाे वरिवरि सम्झिएँ । सानीकाे घरमा आमाले आफ्नाे लागि खर्च गर्न र काकालाई घरकाे खर्चमा सघाउ पुग्छ भनेर बाख्रा पाल्नुभएकाे सम्झिएँ र त्याे बाख्राकाे खाेर नि सम्झिएँ । हामीलाई सामाजिक शिक्षा पढाउँदा उमा शिक्षिकाले सामाजिक कुरीतिमा महिनावारी र छाउपडी प्रथाकाे बारेमा भन्नुभएकाे कुरा सम्झिएँ अनि सानीकाे उमेर नि सम्झिएँ । उसकाे शरीरमा भएका परिवर्तनका सङ्केतहरू सम्झिएँ र मलाई त्याे बाख्राकाे खाेरमा गएर सानीलाई खाेज्न मन लाग्याे । यतिञ्जेलसम्म सिरकभित्र नै बसेकाे म हत्तनपत्त उठेँ र दिदीलाई खाेज्दै दिदीकाे काेठातिर लागेँ । दिदी नि काेठामा झाेक्राइरहेकाे देखेँ । मैले दिदीलाई अघि भनेकाे कुरा फेरि दाेहाेरर्‍याएर सानीलाई एक पटक बाख्राकाे खाेरमा खाेज्न अनुराेध गरेँ । दिदीले मलाई पत्याउनुभएन तर पनि मेराे अनुराेध र जिद्दीका अगाडि दिदीकाे केही चलेन । हामी दिदीभाइ सानीकाे घरतिर लाग्याैँ । सानीका घरमा आफन्त छरछिमेकी सबै भेला भएका रहेछन् । काकी राेइरहनुभएकाे थियाे । अरूहरू काकीलाइ सम्झाउँदै थिए  तर दिदी र मैले त्यतातिर ध्यानै नदिएर घर पछाडिकाे बाख्राकाे खाेरतिर लाग्याैँ । बाख्रा खाेर अध्याँराे भएकाले मैले दिदीलाई भने, “माेबाइलकाे बत्ति बाल्नुहाेस् न दिदी।”  दिदीले पनि त्यसै गर्नुभयाे । हामीले बाख्राकाे खाेरकाे सबैतिर सानीलाइ खाेज्याैँ नभन्दै सानी अँध्याराे कुनामा बुढी बाख्राकाे अडेस लाएर राेएर बसिरहेकी रहिछे । उसले हामीलाई देखी र आत्तिदै आएर दिदीलाई अँगालाे हाली । उसकाे कपडाहरू बाख्राकाे खाेरकाे बल्कुडा र रगतले लत्पतिएका थिए । उसकाे अवस्था देखेर हामीलाई ऊ महिनावारी भएकाे हाे भन्ने कुरा अन्दाज गर्न गाह्राे भएन  तर सानीलाई जस्ताे अवस्थामा भए पनि भेटेर हामी दिदी भाइ दङ्ग पर्‍याैँ र मैले चिच्याउदै भने, “काकी सानी भेटिइ । यी हेर्नु त सानी यँहा छे । छिटाे आउनु ।” म कराएकाे सुनेर काकी र आफन्तहरू हामी भएकाे ठाउँमा आउनुभयाे । सानी जाडाेले कठ्याग्रेकी थिई अझ पहिलाे महिनावारीका कारण ऊ डराएकी पनि थिई । काकी अत्तालिदै आएर सानीलाई अङ्गालाे हाल्नुभयाे र बेस्सरी रूनुभयाे । दिदीले सबै कुरा सबैलाई बताउनु भयाे । सबै जना खुसी हुँदै मलाई धन्यवाद दिनुभयाे । धरैले यत्राे सानाे उमेरमा पनि कस्ताे बुद्धि लगाएकाे भनेर आश्चर्य पनि मान्नुभयाे । दिदीले सानीलाई काकीकाे जिम्मा लगाएर काका र बुबालाइ खबर गर्नुभयाे । सानीकाे म साथी भए पनि नाताले दाइ पर्ने भएकाले त्यस्ताे बेलामा दाजुभाइलाई हेर्नु र भेट्नुहुँदैन भन्दै मलाई दिदीले आफ्नाे घर लानुभयाे  तर सानीलाई भेट्न सफल भएकाेमा म असाध्यै खुसी हुँदै घर आएँ ।