Logo

Student Corner

होली

Written by: Aryan Gupta - 31043, Grade IV

Posted on: 10 March, 2023

 

हिन्दुहरूको प्रमुख र रमाइलो पर्व हाेली हो । यो पर्व विशेष गरी रङहरू खेलेर मनाइने भएकाले यसलाई रङहरूको पर्व पनि भनिन्छ । हाेली हरेक वर्ष फागुपूर्णिमाको दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिन पछाडि मनाइन्छ । विभिन्न ठाउँमा होलीको उत्सव फरक-फरक तरिकाले मनाइन्छ । नेपालमा धेरै जसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरु लगाएर खेलिन्छ । कुनै ठाउँहरूमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर लाेला बनाएर एकअर्कालाई हानेर खेल्ने चलन रहेको छ ।