Logo

Student Corner

खेलकुद

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 09 March, 2023

 

खेल र कुद भन्ने दुइ शब्द मिलेर खेलकुद शब्द बनेको हो I खेलकुद हामी सबैको लागि आवश्यक छ I खेलकुद भन्नाले शारीरिक ब्यायामका लागि गरिने एक प्रकारको खेल्ने ,कुद्ने र उफ्रने काम भन्ने बुझिन्छ I नियमित रुपमा खेलकुदमा समय दिने व्यक्ति एकदम फुर्तिलो र निरोगी हुन्छ  I  खेलकुदबाट व्यक्तिको स्वास्थ्य राम्रो हुने मात्र होइन धन,मान, सम्मान र प्रतिष्ठा पनि बढ्छ  I खेलकुदबाट देशको नाम विश्वभरि चिनाउन सकिन्छ  I आजको समयमा खेलकुद दिन-प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ  I खेलमा एकाग्रता, अनुशासन र स्वस्थ प्रतिस्पर्दा हुनुपर्छ  I 


घरभित्र खेलिने खेल र घर बाहिर खेलिने खेल गरी दुइ किसिमका खेल हुन्छन् I चेस , क्यारेम बोर्ड, लुडो, तास ,टेबुल टेनिस आदि घरभित्र खेलिने खेलहरु हुन् I घरभित्र खेलिने खेललाई धेरै ठाउँ चाहिदैन I  घरभित्र खेलिने खेलहरूले मानिसको सोच्ने , समस्या समाधान गर्ने र तर्क गर्ने क्षमता वृद्धि हुन्छ I यी खेलहरू खेल्दा पानि पर्दा , धेरै गर्मि  हुँदा , हावा हुरी लाग्दा पनि असर गर्दैन I यी खेल खेल्न धेरै मानिस चाहिदैन I घर बाहिर खेलिने खेललाई धेरै ठाउँ र खेलाडीहरू चाहिन्छ I यी खेलहरू खेल्न धेरै मेहनत गर्नुपर्छ I फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, पौडी आदि घरबाहिर खेलिने खेलहरू हुन्  I यी खेलहरूले शारीरिक तथा मानसिक विकासका लागि सहयोग गर्छन् I


आजको समाजमा कतिपय खेलहरू विभिन्न देशहरूबिच खेलिन्छन् I विश्वकप, ओलम्पिक खेलहरू लोकप्रिय बन्दै गइरहेका छन् I यस्ता प्रतिस्पर्धाहरूबाट विश्वका सबै जाति, धर्म, सम्प्रदाय र सबै वर्गका जनताको महान उत्सवका रुपमा विश्वकप, र ओलम्पिक खेलहरूलाई लिने गरिन्छ I यसै खेलकुदको विकासबाट राष्ट्रले कमाएको नाम र दामले खेलाडीहरू मात्र नभई पूरा देश नै विश्वसामु  चिनिन थालेको छ  I राष्ट्रको शिरलाई उच्च बनाएको छ I समग्रमा हरेक व्यक्तिले आफ्नो मात्र नभई गाउँ, समाज र राष्ट्रले नै धेरै फाइदा हासिल गर्न सक्छन् भने खेलाडीले आफ्नो ध्वजापताकालाई विश्वसामु फहराउन सक्छन I खेलमा जित वा हार जेपनि हुन सक्छ I जित हार जेसुकै भएपनि त्यसलाई सहजै स्विकार्नुपर्छ र  खेलको मर्यादालाई भुल्नुहुँदैन I दुवै पक्षबिच स्वस्थ प्रतिस्पर्दा हुनुपर्छ र कसैले पनि संयम गुमाउनुहुँदैन I अनि मात्र खेलाडी र खेलकुदको महत्त्व रहन सक्छ I