Logo

Student Corner

गरिबी

Written by: Aarya Chhetry - 24006, Grade XI

Posted on: 09 March, 2023

गरिबी अभाव र धनको मात्र होइन,
मानवताको कमी, र अस्वस्थता पनि हो । 
सुनको अनुपस्तिथि  मात्र होइन, गरिबी
नपाएको  प्रेम र हराएको आशाको पनि हो ।

खालीपन मुटु नै  हो, जुन दुख्छ अति सारो ,
प्रेम भोक नै  हो , मानव सम्बन्ध बनाउँछ  गारो।  
चाहना साँच्चै पूर्ण जीवनकै लागि हो,
केवल धनले मात्र भरिएको होइन,
भावना आत्मा र मष्तिस्ककाे सम्बन्ध पनि हाे ।

गरिबी भनेको पैसा र चीजको मात्र होइन,
प्रेमको कमी र पखेटाको अभाव पनि हो ।
यो खालीपन नै हो, जसले निल्छ  मुटुलाई , 
र, फुटाएर पर लैजान्छ  हाम्रो जीवनलाई।

त्यसैले धन र प्रतिष्ठामा मात्र ध्यान नदिऔँ,
प्रेम, दया र मानवतामा घुलेर त्यसको आनन्द  लिऔँ। 
किनकि साँचो धन हामीले राखेको सिक्काले मापन गर्दैन,
पैसाको मात्र अभावले कुनै मान्छे गरिब हुँदैन ।