Logo

Student Corner

मेरो देश नेपाल

Written by: Eshaan Manadhar - 32036, Grade III

Posted on: 09 March, 2023


हाम्राे देशकाे नाम नेपाल हाे । नेपाल एउटा सानाे र सुन्दर देश हाे । नेपालमा विभिन्‍न जातजातिका मानिसहरू बसाेबास गर्छन् । विश्वकै अग्लाे हिमाल सगरमाथा नेपालमा पर्दछ । गाैतम बुद्ध पनि नेपालमै जन्मिएका हुन् । नेपालमा चाैध अञ्‍चल र सतहत्तर जिल्लाहरू छन् । नेपाल ७ प्रदेशमा विभाजित भएकाे छ । नेपालकाे छिमेकी राष्ट्र चिन र भारत हुन् । नेपालमा धेरै मन्दिरहरू छन् । नेपाल मन्दिरै मन्दिर भएकाे देश भनेर चिनिन्छ । यही मन्दिरहरू हेर्नलाई विदेशीहरू नेपालमा आउँछन् । नेपालमा धेरै राम्रा राम्रा ठाउँहरू छन् । नेपालमा धेरै ताल र पाेखरीहरू छन् । नेपालमा साना साना खाेलानालाहरू र ठुला ठुला झरनाहरू छन् । नेपाल जलस्राेतकाे धनी देश भनेर पनि चिनिन्छ । नेपालकाे राष्ट्रिय झन्डा त्रिभूज आकारकाे छ । नेपालकाे झन्डामा चन्द्र र सूर्य छ । नेपालकाे झन्डा राताे रङकाे छ र किनारा निलाे रङकाे छ । झन्डामा रहेकाे निलाे रङ शान्तिकाे प्रतिक हाे भने सिम्रीक रङ बहादुरीकाे प्रतिक हाे । मलाई मेराे देश एकदमै राम्राे लाग्छ ।  म मेराे देशलाई माया गर्छु ।