Logo

Student Corner

जीवनको यात्रा

Written by: Sayara Aryal - 23057, Grade XII

Posted on: 08 March, 2023

 

म मरुभूमिमा घुम्दै छु ,
हराएको एक्लाे यात्री जस्तै
आफ्नै भावनाको खोजीमा
म आज हराएकी छु।

 

अन्धकारबाट यात्रा गर्दै 
म गहिरो डरको सामना गर्दै छु,
हरेक पाइलामा साहस एक एक गरेर
आफ्नो डर र आँसुको सामना गर्दै छु।

 

मैले मेरा कमजोरीहरूमा सुन्दरता भेट्टाएँ
मेरो अनुग्रहमा शक्ति,
अँध्यारोभित्र उज्यालो पाएँ
आफूभित्रै लुकेको शक्ति भेट्टाएँ।

 

यो खोजमा म डुबेर
फेला पारेकी छु आफ्नो आवाज,
आफ्नो जीवनको प्रतिभा,
र अग्लो उभिने शक्ति निर्माण गर्दै छु।

 

अब म यहाँ उभिएकी छु,
उभिएकी छु लामो सास तान्दै,
यात्रा मेरो अझै सकिएकाे छैन
तर मैले यो यात्रामा आफूलाई भेट्टाएकी छु ।