Written by: Aakanchhya Khadka - 27001, Grade VIII
Posted on: 08 March, 2023
रातिको समय त्यो बादलले ढाकिएको जुन
ताराले भरिएको त्यो रङ्गीचङ्गी आकाश ।
किरा फटयाङ्ग्राहरुको क्यार क्यार
आवाजलाई सधेैँ सुनिरहुँ लाग्ने ।
रातकी रानीको त्यो सुमधुर सुगन्ध
जुन्किरीको त्यो अधेरोले भरिएको ठाउँमा
उज्यालो छर्ने त चम्किलो बत्तीमा
सधैँ हराइ रहुँजस्तो लाग्ने गर्छ ।
साना साना चम्किला तारा झैँ देखिन्छन्
सहरका ती रङ्गीचङ्गी बत्तीहरु
सिरसिर हावा चराचुरुङ्गीको आवाजले
मान्नै आनन्द हुने गर्दछ ।
दिनभरिको समयको कठिनाई थकाइ
मेटाउने समय हो रात परिवार बिताउने
समय हो रात सबै बिर्सेर नयाँ
भोलि लगी पर्खिने समय हो रात।