Logo

Student Corner

स्वस्थकर खाना

Written by: Praneesha Shrestha - 31017, Grade IV

Posted on: 08 March, 2023

 

स्वस्थ खान हाम्राे लागि सुरक्षित हो । यसले हामीलाई स्वस्थ बनाउँछ । केही स्वस्थ खानाका नाम हुन्ः साग, गोलभेँडा, काँक्रा, फर्सी आदि । स्वस्थ खानाले हामीलाई ऊर्जा दिन्छ । प्रायः स्वस्थ खाना ताजा फलफूल तरकारीमा हुन्छन् । हामीले सधैँ स्वस्थ खाना खानुपर्दछ । यदि हामीले स्वस्थ खाना खायौँ भने हामीलाई कहिल्यै रोग लाग्दैन । हामी बिरामी हुनबाट बन्चित हुन्छाैँ । माैसमअनुसारका हामीले स्वस्थ खाना खायौँ भने हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ । सागले हाम्राे आँखालाई शक्ति दिन्छ । गाजरले हामीलाई शरीरमा चाहिने भिटामिन दिन्छ । काँक्रा तथा अन्य तरकारीले पनि हाम्रो शरीरलाई  भिटामिन दिन्छ । गोलभेँडाले हाम्रो शरीरलाई हृदय रोग र क्यान्सरबाट बचाउँछ फर्सीले हाम्रो आँखाको ज्योति बचाउँछ । च्याउले पनि हामीलाई प्रोटिन दिन्छ । त्यसैले हामीले जङ्कफुड खाने होइन स्वस्थकर खानेकुरा खानुपर्छ ।