Logo

Student Corner

मेरो परिवार

Written by: Sarun Maharjan - 33029, Grade II

Posted on: 08 March, 2023

 

मेरो परिवारमा छ जना सदस्य छाैँ । मेरो घरमा बुबा, आमा, हजुरबुबा, हजुरआमा, म र ठुलो हजुरबुबा पनि हुनुहुन्छ । मेरो बुबा कार्यालय जानुहुन्छ । मेरी आमा बैंकमा काम गर्नुहुन्छ । मेरी हजुरआमा मिहिनेती हुनुहुन्छ । उहाँ घरमा बस्नु हुन्छ । मेरो हजुरबुबा किसान हुनुहुन्छ । मेरो ठुलो हजुरबुबा पनि किसान हुनुहुन्छ । उहाँहरू निकै मिहिनेती हुनुहुन्छ । हामी परिवारमा मिलेर बस्छाैँ र मिलेर काम गर्छौँ । म चाहिँ विद्यार्थी हुँ ।