Logo

Student Corner

तिज : नारीहरूको महत्त्वपूर्ण चाड

Written by: Prarthana Khatiwada - 24026, Grade XI

Posted on: 07 March, 2023

तिज हिन्दु नारीहरूले मनाउने एउटा रमाइलो तथा महत्त्वपूर्ण चाड हो । यस चाडमा नारीहरू आफ्नो श्रीमान्को लामो आयुको लागि कामना गर्दै व्रत बस्छिन् । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ३  दिन मनाइन्छ ।  यसलाई हरितालिका तिज पनि भानिन्छ । नारीहरू माइत जाने, दिदीबहिनीको घर जाने अनि दर खाने गर्छन् । यस चाडमा महिलाहरू नाचगान गर्ने गर्छन् । यो चाडको केही समयपछि दसैँ सुरू हुन्छ । त्यसैले यो चाड आएपछि चाडबाडहरू सुरू भएको पनि मानिन्छ । 
तिजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ । यस दिन महिलाहरू आफ्नो उत्कृष्ट पहिरनमा एक ठाउँमा जम्मा भएर भक्ति गीत, पीडा वेदना र सङ्घर्षका गीत गाउँछन् र नाच्नछन् । वर्षभरि मिहिनेत गर्ने महिलाले त्यो दिन केही काम गर्नुपर्दैन । त्यो दिन उनीहरूका लागि सोह्र शृङ्गारमा सजिने ,  लुगा लगाउने, आफ्ना दाजुभाइद्वारा बनाइएको  खाना खाने, नाच्ने गाउने दिन हो । तिजकाे अगिल्लाे दिन वा २ / ४ दिन  अगि नै दाजुभाइहरू वा बुबा आफ्ना दिदीबहिनीहरू वा छाेरीलाई लिनका लागि दिदीबहिनीको घरमा आउँछन् र माइत लिएर जान्छन् । दिदीबहिनीहरू आफ्ना दाजुभाइले बनाएका खानाका प्रकारहरू ढकने, खिर, आदि खान्छन् । यो रमाइलो प्राय: मध्यरात सम्म चल्छ र त्यसपछि २४ घण्टाको उपवास सुरू हुन्छ । 
दोस्रो दिन व्रतको दिन हो । कतिपय महिलाले पानीसमेत पिउँदैनन् भने कतिपयले फलफूल खान्छन् । यो व्रत विवाहित तथा अविवाहितले महिलाले लिने गर्छन् । विवाहित महिलाले आफ्नो श्रीमान्को लामो आयु र परिवारको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै देवताको आराधना गर्छन् भने अविवाहिताले राम्राे सुयाेग्य वर पाउने कामना गर्छन् ।  यस दिन महिलाहरू  खुसीसाथ लुगा लगाउँछन् र नजिकैको शिव मन्दिरमा देवताको आराधना गर्छन् । भक्तजनहरू धेरैजसो  पशुपतिनाथ मन्दिरमा आराधना गर्न जान्छन् । मन्दिरमा, महिलाहरूले शिवको प्रतीक शिव लिङ्गको परिक्रमा गर्छन् । मुख्य पूजा शिव र उनकी पत्नी पार्वतीलाई फूल, फलहरू आदि चढाएर श्रीमान् र परिवारमा आशीर्वाद प्रदान गर्न अनुरोध गर्छन् । रातभर घरमा तेलको दीयो बाल्नाले श्रीमान् र परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास छ । यस दिन महिलाहरूले आफ्नो श्रीमान्को हातबाट पानी पिएर र फलफूल अथवा मिठाई खाएर आफ्नो व्रत समापन गर्ने चलन पनि छ । कतिपय महिलाहरू रातभर व्रत बसेर भोलि पल्ट सप्तऋषिको पूजा गरेर मात्र व्रत तोड्ने गर्छन। 
यस चाडको तेस्रो दिन ऋषि पञ्चमी हो । अघिल्लो दिनको पूजा सकिएपछि महिलाहरूले सप्तऋषिको पूजा गर्ने परम्परा छ । महिलाहरू यस दिन दत्तिउनले दाँत माझेर पवित्र हुने गर्दछन् ।  ऋषि पञ्चमी नारीको पवित्रताको वरिपरि घुम्छ । सप्तऋषिको पूजा गर्नाले महिलाहरूले महिनावारीको समयमा पुरुषलाई जान अनजानमा छाेएको पापकाे दाेष मेटाउने विश्वास गरिन्छ । यस दिन महिलाहरूले कर्कलो र भात खाएर आफ्नो व्रत समापन गर्छन् ।