Logo

Student Corner

पुस्तक

Written by: Eshita Lal - 28015, Grade VII

Posted on: 07 March, 2023

तिमी त हौ हामी  सबैका ज्ञान सागर

तिमीले गर्दा मात्र विश्व उज्यालाेले भर्दछाै

तिमी मात्र धर्तीमा ज्ञान बाड्छौ निरन्तर

गुरुका सारथी तिमी माया दिन्छाै बराबर ।


 

तिमीबाटै यँहा धेरै डाक्टरहरू  बन्दछन्

चन्द्रलाई पनि टेक्न  पुस्तक नै  निकाल्दछन्

महाग्रन्थहरू पनि तिम्रै रूपमा लेखिएका

कविता कथा जे छन् तिमी भित्रै सजिएका ।


 

लेखकहरू विश्वभरि तिमीलाई ढोग्दछन्

तिमी नै हाै  सबै थाेक तिमीलाई पुकार्दछन् 

तिम्रै रूप देखिएकाे ज्ञानमा अनि विज्ञानमा 

तिम्रै  छाप परेकाे छ मानिस र  विद्वानमा 


 

कविता, ग्रन्थ र हाँस्य सबै पर्दछन् यहाँ 

यो संसार के उज्यालाे पुस्तक नभइकन 

रातो कालो हरियो रङ्गले भरिएका शब्दहरू 

सानादेखि ठुला सबै पढ्दछन् ती अक्षरहरू