Logo

Student Corner

मेरो मामाघर

Written by: Eshaan Manandhar - 32036, Grade III

Posted on: 07 March, 2023

मेरो मामाघर बिजयचोक सिनामङ्‍गलमा छ । हरेक छुट्टीको दिन म मामाघर जान्छु। मेरो मामाघरमा मेरो हजुरबा, ठुलीआमा, मेरी दिदी, मामा, माइजू बस्‍नुहुन्छ । मेरो मामाघरमा एउटा कुकुर, कुखुरा र बट्टाई पालेको छ । मेरो परियोजना कार्य गर्ने बेला म आफ्नो मामाघर जान्छु। मेरो मामाघरका सदस्यहरूले मलाई पढाइका कुरामा र नयाँ चिज सिक्दा मदत गर्नुहुन्छ । मेरो मामाघरको हजुरबा र एकजना मामा चालक हुनुहुन्छ । माइजूले खानको लागि मिठो खानेकुरा पकाउनुहुन्छ । ठुलीआमाले विद्यालयमा गएर बालबालिकाहरूलाई पढाउनुहुन्छ र अर्को मामाले व्यापार गर्नुहुन्छ। म आफ्नो मामाघर चाडपर्वका दिनहरूमा पनि जान्छु। म दसैँमा टीका लगाउन, तिहारमा भाइटीका मनाउन, माघे संक्रान्ति जस्ता पर्वमा मामाघर गएको थिएँ। मेरो मामाघरमा एउटा सानो बारी छ । जहाँ विभिन्‍न प्रकारका बोटबिरुवाहरू रोपीएका छन् । म कहिलेकाहीँ ती बोटबिरुवाहरूमा पानी राख्‍न मदत गर्छु । ती बोटबिरुवाहरूबाट साग, खुर्सानी, स्ट्रबेरी आदि फल्दछ। मैले मेरो मामाघर गएर निकै धेरै कुराहरू सिकेको छु। जस्तै : रुबिक क्युब बनाउन , चित्र बनाउन आदि । ती काम सिकेर गर्दाखेरी निकै राम्रो लाग्छ । मामाघरका सदस्यहरूले मेरो नराम्रो बानीलाई राम्रो बनाउन पनि मदत गरेका छन्। म मेरो मामाघरको सदस्यहरूलाई चाहिएको बेला मदत गर्छु। मलाई मेरो मामाघर निकै मनपर्छ।