Logo

Student Corner

पुस्तक समीक्षाः कालाे माला

Written by: Ridika Gurung - 31024, Grade IV

Posted on: 03 March, 2023

‘कालो माला’ पुस्तक निकै रमाइलो पुस्तक हो । यस पुस्तकका लेखक मधुसूदनप्रसाद घिमिरे हुनुहुन्छ । कालो माला कथाभित्र चराका विभिन्न कथाहरू छन् । यस पुस्तकभित्र बकुल्लाको तपस्या, काग र कोइली, कालाे माला, तित्राको मुखै बैरी, राजाको खोजीमा र हाँसको हिँडाइ जस्ता कथाहरू छन् । यी सबै कथाहरूमध्ये मलाई ‘बकुल्लाको तपस्या’ भन्ने कथा धेरै मन परेको कथा हो । यो कथा पढ्दा रमाइलो लाग्छ । कथामा एउटा बकुल्ला नदीको किनारमा तपस्या गरेर बस्छ । त्यहाँ पानी बगिरहेको हुन्छ । त्यत्तिकैमा केही चराहरू पनि उड्दै उड्दै आउँछन् । साथीहरूले बकुल्लालाई “तिमी किन यहाँ बसेको ?” भनेर सोध्दा उसले “म तपस्या गरेर बसेको” भन्छ । वास्तवमा ऊ त्यहाँ तपस्या गरेर बसेको होइन खानाको खोजीमा बसेको हुन्छ । माछा पानीमा बगेर आएपछि उसले ती माछाहरू आफ्नो मुखमा हाल्छ र केही माछा खोलाको पारी किनारामा पुर्‍याउँछ । बकुल्लाले साथीहरूलाई झुक्याएको हुन्छ । साथीहरूले पनि उसको चाल बुझ्छन् र आफ्नो बाटो लाग्छन् । बकुल्ला चाहिँ नदीको किनारमा तपस्या नै बसेर गरेर बसेकाे बहाना गरिरहन्छ ।