Written by: Prasiddhi Dangol - 28009, Grade VII
Posted on: 02 March, 2023
शान्तिले भरिएको देश
जहाँ बग्छन् पवित्र नाला अशेष
संस्कृति र कला छ यहाँ विशाल
बढाएकाे छ सबैमा खुसीकाे बहार ।
गौतम बुद्ध जन्मिए यहाँ
वेदको बासस्थान जहाँ
विश्वकै अग्लो शिखर सगरमाथा
जहाँ घन्किन्छन् गीत सुरिलो भाकामा
आपत विपद्मा हाँसीहाँसी
चढ्न तयार छन् कोही फाँसी
बाँच बचाएर रमाउँ रमाएर
यो जगतलाई जोगाएर