Logo

Student Corner

बेलुन आयो बेलुन !

Written by: Sonishma Basnet - 23059, Grade XII

Posted on: 01 March, 2023

 

“बेलुन आयो, बेलुन !

लाै बेलुन आयो बेलुन !!” 

भन्दै हिँड्छन उनीहरू

बेलुन आयो बेलुन भन्दै 

भिडमा दौडन्छन् उनीहरू ।

 

उनीहरू जसबाट सास फेर्न सक्दै गर्दा

हातखुट्टा चाल्न सिक्दै गर्दा,

लुटियो बाल्यकाल उनीहरूकाे

स्कुलमा पाइला टेक्न नपाउँदै

इकोनोमिक्सको पाठ सिकाइयो ।

 

उनीहरू जसले परिवारको पेट पाल्न 

आफू जत्रैलाई बेलुन र चकलेट बेच्नुपर्छ,

उनीहरू जो दुई छाक टार्नलाई 

आमाबुवा सरहका मान्छेसँग १० रुपैयाँका लागि बाझ्नुपर्छ ।

अनुनय विनय गर्नुपर्छ ।

 

न घाम न पानी भनी दिनभरि 

गर्छन् व्यापार उनीहरू

न धुँवाधुलो न हुरी बतास भई हरेकदिन 

गर्छन् व्यापार उनीहरू एक छाककाे

आफ्नो जन्मभूमी र जन्मदिने आमा छोडी   

 

आएका काम गरी खान उनीहरू

उज्यालो भविष्य र सादा जीवनकाे खाेजीमा 

एकादेशको कथा उनीहरू स्वयं नै

दुनियाको हेपाइ र भेदभाव सहनुपर्ने जीवन 

उनीहरूले सहजै थाम्न  सकेका छन् ।

 

“बेलुन आयो बेलुन”

भन्दै हिँड्छन उनीहरू

“बेलुन आयो बेलुन” 

भन्दै दौडन्छन् उनीहरू ।