Logo

Student Corner

न्हु दँया भिन्तुना ११४३

Written by: Pratik Dangol - 27009, Grade VIII

Posted on: 01 March, 2023

 

सर्वप्रथम न्हु दँया भिन्तुना भनेको के हो त ? न्हु दँया भिन्तुना भनेको नया वर्षको शुभकामना हो । म आज नेवारहरूले मनाउने नया वर्ष अर्थात नेपाल संवत नया वर्ष बारे कुरा गर्ने छु। यसकाे इतिहासबारे कुरा गर्दा धेरै अघि काठमाडौ उपत्यकाका जनताको तर्फबाट राष्ट्रिय विभूति  शङ्कधर साख्वाले ऋण तिरेपछि नेवारहरूले हरेक वर्ष यसलाई नयाँ वर्षको रूपमा मनाउँछ्न्। यस नयाँ वर्षलाई गोवर्धन पूजाको दिन मनाइन्छ । नेवार जातिका मानिसहरूले यसलाइ विभिन्न तरिकाले मनाउँछ्न्।


म भने मेरो ठाउँमा भएको न्हु दया भिन्तुना र्‍याली बारे बताउने छु। यो र्‍यालीमा विभिन्न संस्थाले हरेक वर्ष भाग लिन्छन् । हरेक वर्ष विभिन्न संस्थाहरूले पालो लिँदै यो र्‍याली सञ्चालन गर्छन् ।

 

यसपालि भने जयबागेश्वरी युवा क्लबले पहिलो पटक पालो लिए । क्लबका सदस्यहरूले धेरै अघिदेखि तयारी सुरु गरेर र्‍यालीलाई सफल पारे। र्‍यालीमा छ सात सय मानिस अनुमान गरे पनि त्योभन्दा धेरै मानिस देखिए । र्‍यालीको प्रमुख अतिथि गगन थापाज्यूद्वारा उद्घाटन भयो र त्यही सगुन, तिका, कोखा, र्‍याली कार्ड लिई सिफल, पिङगला विहार, आदि हुँदै र्‍याली सुरु भयो । विभिन्न नेवा जातिका मानिसहरूले नेवारी पोसाक लगाएर आफ्नो संस्थाको धिमे, धा, आदि बाजासँग र्‍यालीमा हिडे ।र्‍यालीमा सबैले रमाइलो गरेर बिच बिचमा  सगुन लिँदै अगाडि बढे र अन्त्यमा जयबागेश्वरी मै टुचा खाइ र्‍यालीको समापन भयो