Logo

Student Corner

सिर्सिर हावा

Written by: Paurakh Raj Pandey - 24025, Grade XI

Posted on: 28 February, 2023

सबैको श्वासमा कसैको आशमा,

आफ्नै रहमा बहँदै छु म ।

कसैको प्रयासमा कसैको त्रासमा, 

सिर्सिरे हावा म धर्तीको सतहमा ।


 

बतास भन्छन् मलाई, 

नदेख्न सक्छन् कसैले,

न छुन नै सक्छन् कसैले

सक्छन् केवल भरपुर महसुस गर्न ।


 

सबैको लागि महत्त्वपूर्ण म, 

देखी सहदैनन् मलाई किन ?

गाडीको चक्कर लगाई, 

प्रदूषित पार्छन् मलाई किन ?



 

विभिन्न रूपमा उपस्तिथ म   

विभिन् रङ्गमा महजुत म, 

सारा प्राणीको एक मात्रै 

बाँच्ने आधार नै मै हुँ ।


 

सुवास मेरो पहिचान रे, 

दुर्गन्धमा मिसायो कसले ?

विरुवाको बलिदान गरेर 

प्राणीमा प्राण त्याग्यो जसले ।