Logo

Student Corner

यती एयरलाइन्सको रहस्य

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 28 February, 2023

महिना दिनअघि पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार सबैको निधन भएको थियो । त्यही विमानमा पहिला पनि धेरै समस्याहरू देखिएको थियो तर पनि यती एयरलाइन्सले त्यो विमान उडाइरह्यो । यती एयरलाइन्समा यसअघि पनि धेरै विमान दुर्घटना भएका थिए । सन् २०१९ मा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको हेलिकप्टर दुर्घटनामा परी यती एयरलाइन्सकै कम्पनी, एयर डाइनेस्टीको हेलिकप्टरमा ताप्लेजुङमा निधन भएको थियो । अघिल्लो वर्ष मात्र तारा एयर(यती एयरलाइन्सको अर्को कम्पनी)को विमान जोमसोङमा दुर्घटना भई २२ जनाको निधन भएको थियो । यती एयरलाइन्सलाई त दुर्घटना हुन्छ भन्ने थाहा भए पनि विमान उड्न दिन्छन् किनभने यती एयरलाइन्सलाई त विमान दुर्घटना हुँदा नै फाइदा हुन्छ । यती एयरलाइन्सकाे राजनीतिक सम्बन्ध उच्चस्तरसम्म रहेकाे पाइन्छ । केही पूर्वप्रधानमन्त्रीहरूकाे पनि बलियाे सम्बन्ध रहेकाे कुरा पनि सञ्चार माध्यमबाट सबैले थाहा पाएका थियाैँ । भर्खरै पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना उनीहरूको २४ वर्षमा तेह्रौँ विमान दुर्घटना हो । यती एयरलाइन्सको भित्र पनि तारा एयर, एयर डाइनेस्टी, अलटिट्युढ एयर र हिमालयन एयरलाइन्स पर्छन् । यती एयरलाइन्सको यति धेरै विमान दुर्घटना हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले केही पनि गर्दैन । यती एयरलाइन्ससँग राजनीतिक शक्ति छ, एमालेले त यतीलाई सरकारी जग्गा पनि उपलब्ध गराएकाे देखिन्छ । नेपालमा एयरलाइन्सहरूलाई रेखदेख र नियन्त्रणमा राख्ने नेपाल वायुसेवा निगमले गर्छ । तर, नेपाल वायुसेवा निगममा भने यती एयरलाइन्सका नै मानिसहरू सञ्चालक छन् । यसरी त नेपालमा विमान र एयरलाइन्सको सुरक्षाभन्दा पनि आफ्नो समूहलाई कसरी फाइदा गराउने भन्ने कुरामा बढी केन्द्रित भएकाे देखिन्छ । १६ वर्षअगाडि यती एयरलाइन्सले धरानमा विमानस्थल बनाउने भन्दै त्यहाँका स्थानियहरूसँग जग्गा माग्यो । स्थानीयहरूले आधा दाममा जग्गा दिएपछि त्यहाँ अहिले १६ वर्षसम्म पनि विमानस्थलकाे निर्माण हुन सकेकाे छैन । अहिले त यती समूहले त यी जग्गाहरू बेच्न लागेकाे खबर सुनिन्छ ।  यती एयरलाइन्सले धरानमा विमानस्थल बनाउन त खोजेकाे थिए तर प्राविधिक समस्या र भौगोलिक संरचनाका कारण यो योजना रद्द गर्नु परेको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त यती समूहलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा रिसोर्ट बनाउन भन्दै सरकारी जग्गा पनि उपलब्ध गराएकाे थियाे । यसका साथसाथै, पाथीभारामा पनि यती समूहले केबलकार सञ्चालन गर्न भन्दै ३७० रोपनी जग्गा लिएकाे थियाे । यही क्षेत्र अवलोकन गर्न जाने क्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारी र यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पालगायत धेरै जनाकाे निधन भएको थियो । यसरी राजनीतिक संरक्षणमा रहेकाे एयरलाइन्सले कुनै पनि यस्ता किसिमका घटना हुँदा कम जिम्मेवारी भएकाे अनुभूति गराउँछ । यस्ता किसिमका सेवामूलक संस्थाहरूले  मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरूमा ध्यान दिनुपर्छ ।