Logo

Student Corner

यी दुई वर्ष

Written by: Kirtan Poudyal - 23034, Grade XII

Posted on: 27 February, 2023

हिजो मात्र कक्षा ११ आए जस्तो लाग्थ्यो, 
कति छिट्टै कक्षा १२ अन्तिम अन्तिम भएछ ।
धेरै कुरा फरक भएको छ पहिले र अहिले,
गर्ने कुरा नसाची गर्नु पर्दाे रहेछ पहिले ।

 

धेरै नयाँ साथीहरूसँग भेट पनि भयो 
दुई वर्षकाे समय दुई दिनमै पाे गयाे ।
धेरै किताब पढेँ मैले कति उपन्यास पढेँ, 
तीमध्ये कति त पढेर गए केही बाँकी नै रहे ।

 

नयाँ नयाँ शिक्षकसँग ज्ञान प्राप्त पनि भयो, 
गर्ने चाहना धेरै हुँदाहुँदै समय पनि गयाे ।
दुई वर्ष केही  रमाइलो गरी पनि बिताएँ,   
समय छिट्टै बित्दाे रहेछ याे पनि थाह पाएँ ।

 

अब १२ काे अन्तिमतिर आइसक्दा बस्दै दिन गन्छु,
यी दुई वर्ष साथसहयाेग दिनेलाई धन्यवाद भन्छु ।
मैले जान अनजानमा कसैलाई चोट पुगेमा दिनु माफी, 
अब परीक्षा आइसक्यो अङ्क ल्याउनु पनि छ काफी ।