Logo

Student Corner

आफैँलाइ भन्छु म

Written by: Sukriti Silwal - 29057, Grade VIII

Posted on: 27 February, 2023

 

यो अँधेरी रातमा बसी,

झ्यालको माँझ तिम्रो यादमा हाँसी 

आफैलाइ भन्छु म,

तिमीभित्र मायाको खोजीमा हिडेकी म 

आज तिम्रो साथी नि बन्न सकिनँ ।

 

वर्षौँ बितिसक्दा पनि,

हामीसँगै भएका छद्महरू गनी 

आफैलाइ भन्छु म ,

तिमीसित यो जीवनको यात्रामा सँगै हिड्न खोजेको म 

आज तिम्रो साथ नि पाउन सकिनँ ।।२।।

 

त्यो जुनको प्रकाशमा ,

तिम्रो त्यो हसिलो मुहारलाइ सम्झी

आफैलाइ भन्छु म ,

तिमीसित मायाको नाता जोड्न हिडेको म 

आज तिमीलाई साथ नि दिन सकिन ।।३।।

 

आखाभरि आुसँ बोक्दै,

पुराना यादहरूलाइ सम्झी 

आफैलाई भन्छु म ,

तिम्रो अँगालोको न्यानो स्पर्शमा  डुब्ने चाहना बोकेर हिडेको म

आज तिम्रो चिहानको छेउमा बसी रुन मात्र सक्छु म ।