Logo

Student Corner

प्रकृति

Written by: Aarohan Timsina - 29057, Grade VI

Posted on: 27 February, 2023

छाै तिमी सुन्दर जताजतै छाै खेल्दै र उफ्रिँदै
तिमी छाै यता तिमी छाै उता हामीलाई बास दिँदै

 

माग्दैनाै केही दिन्छाै र मात्र मानिस छन् लाेभ्याउन
माग्ने नि गर हामीले सक्छाै सुन्दर बनाउन

 

हुँदै छ फाेहाेर हामीले गर्दा तिम्राे त्याे काखमा
हामीले हार्छाैँ तिम्राे त्याे काख नहुँदा साथमा

 

दरिला अनि शक्तिशाली छाै संसार जित्दछाै 
हलचल यहाँ मच्चिन्छ जब प्रकृति रिसाउँछाै

 

रिसायाै भने हल्लिन्छ धर्ती आउँछ हाम्राे काल
वर्षाकाे वेला डुबाइदिन्छाै धर्ती बन्छ ताल

 

तिमी नै हाम्राे सर्वस्व अनि सबैकाे जीवन
संरक्षण गराैँ सबै मिलेर प्याराे छ याे धन ।