Logo

Student Corner

रोगकाे प्रभाव

Written by: Phoebe Shrestha - 26016, Grade IX

Posted on: 24 February, 2023

हामी हरेक प्रकारको रोगबारे सचेत हुन आवश्यक छ । आफूलाई र संसारमा राेगकाे अतिक्रमण  रोक्नको लागि केही सुरक्षाका नियमहरू पालना गर्न आवश्यक छ।  रोगले मानिसहरूकाे स्वास्थ्यमा समस्या सिर्जना गर्ने गर्दछ।  चाहे त्यो सानो होस् वा ठूलो हाेस् । कोभिडको बारेमा कुरा गर्दा यसले मानिसको जीवनमा धेरै प्रभाव पारेको थियाे र अहिले पनि छ । यो चीनबाट सुरु भयो र यो केही हैन केवल सानो रोग हो र केहीबेरमा रोकिने छ भन्ने सोच्दै, तर सारा संसारले दुःख पायो, धेरैको ज्यान लियो । एकैछिनमा, लाखौँको मृत्यु भयो । यस्ता खतरनाक रोगहरूबाट बच्न सक्ने धेरै कुराहरू छन् । हामी मानिसहरूले स्वास्थ्य सुरक्षाका लागि प्राप्त भएका नियमहरूकाे  पालना गर्न आवश्यक छ । शारीरिक सरसफाइमा त्यतिकै ध्यान दिनुपर्छ । त्यस्तै गरी विभिन्न राेगहरू जस्तै - हैजा, निमोनिया, दादुरा, झाडापखाला,डेङ्गी आदिले पनि मानव स्वास्थ्यमा ठुलाे समस्या निम्त्याएकाे छ । कतिपय अवस्थामा मानिसहरूले अत्यन्तै सुरक्षा अपनाउँदा वा नियमहरू पालना गर्दा पनि राेग लागेकाे उदाहरण भेटाउन सकिन्छ । कतिपयले भने आफूलाई सुरक्षित अवस्थामा राखी आफ्नो ज्यान बचाएका छन् भने कोही आफ्नो जीवन बचाउन असमर्थ पनि भएका छन् । पछिल्लाे समयमा सबभन्दा बढी काेराना र डेङ्गी राेगका कारण अस्पतालको ओछ्यानमा जानुपरेकाे थियाे। डाक्टरहरूले पनि आफ्नो ज्यान जोखिममा राखेर अरूको ज्यान बचाउनु परेको थियो । जसका कारण मानिसहरू आर्थिक रूपमा स्थिर छैनन् । मानिसहरूले कहिल्यै यति धेरै गम्भीर रूपमा लिएनन् । जसले गर्दा सामान्य राेगका कारणले मृत्युको सामना गर्नु परेकाे हुन्छ ।  खानपिन तथा जीवन जिउने तरिकामा ध्यान दियाैँ भने मानव तथा सम्पूर्ण प्राणीहरू सुरक्षित रहन सक्छाैँ ।  समय समयमा स्वास्थ्य परीक्षण गर्नु, खानपिनमा ध्यान दिनु, स्वच्छ वातावरण र शुद्ध खाद्यसामग्रीकाे प्रयाेग गर्नु अत्यावश्यक रहन्छ । त्यस्तै गरी  उचित आहारविहार, दैनिक व्यायामले मानिसहरूलाई स्वास्थ्य सुधारमा मद्दत गर्छ । पहिलो प्राथमिकतामा स्वास्थ्यबाहेक अरू केही हुन सक्दैन । हामीले राम्रो भविष्यको लागि आफूलाई गलत जीवन शैलीलाई रोक्नुपर्छ । यहाँ धेरै व्यक्तिहरू छन्, जो आर्थिक अवस्था स्थिर नभएको कारण समस्यामा परेका छन् । आफूसँग भएकाे सबै पैसा अनावश्यक सामानकाे खरिद तथा प्रयाेगमा बर्बाद भएकाे छ । 
वायु प्रदुषणबाट बच्नको लागि हाम्रो वरपरकाे वातावरणलाई सफा राख्नुपर्छ । व्यक्तिगत तथा शारीरिक सरसफाइ अनिवार्य हुनुपर्छ । संक्रमणबाट बच्नको लागि हामीले जीवन शैलीमा त्यतिकै ध्यान दिनुपर्छ । प्रत्येक व्यक्तिले संक्रामक रोगहरूबाट बच्नको लागि आवश्यक आचारसंहिताकाे पालना गर्नुपर्छ ।  लकडाउनका कारण यसले हाम्रो स्वास्थ्यमा मात्रै होइन हाम्रो पढाइमा समेत बाधा पुगेको छ । आफूलाई राेग लाग्नबाट बचाउन र अरूलाई सिकाउन हरेक मानिसकाे दायित्व हाे  । आफूलाई रोगबाट बचाउनु नै राम्रो र स्वस्थ जीवन जिउने उपाय हो । स्वस्थ स्वास्थ्य नै सबभन्दा ठुलाे धन हाे ।