Logo

Student Corner

कसले पहिले बोलाउने ?

Written by: Yojana Gautam - 23068, Grade XII

Posted on: 23 February, 2023

आजकाल मान्छेमा घमण्ड भनूँ कि अहङ्कार सम्बन्धहरू कसले पहिला  बोलाउँछन् भन्दैमा सकिन थालेको छ । यो कुरा ममा नै पनि लागु हुन्छ । पहिले बोलाउँदैमा  सम्मान अथवा केही घट्छ  होला तर त्यो सकिएको सम्बन्ध के त ? म आफैँ पहिला नबोलाउने भएकाले कति सम्बन्धहरू  पछाडि छुटाएकी छु। यसो याद गर्दागर्दै एउटा मनमा  आज  प्रश्न उठ्यो  साच्चै मेरो यस्तो बानीले मैले कति जना साथी गुमाए हुँला त ? तर अर्को मनमा छुट्टै प्रश्न आयो आखिर मैले नबोलाए पनि उनीहरूले   पनि त बोलाउन सक्थे । भनिन्छ नि मान्छेको बानी  परिसकेपछि त्यो मान्छेबाट लागेको बानीबाट छुट्न  गाह्रो  हुन्छ । साच्चै पनि हो रहेछ । त्यो मान्छे बोल्दा र नबोल्दाको फरक धेरै  हुने रहेछ । यस्ताे कुरा साथीभाइ वा प्रेमीप्रेमीका बीच त थियो तर मलाई आफ्नै बाबा र छोराछाेरीबिच नि त्यस्तो  ? कसले पहिला बोलाउने भनेर  विवाद आउँछ जस्तो लागेकै थिएन ।

हिजो घरको बैठक कोठामा मेरा आदरणीय ठुलो बाबालाई मैले सोधेँ  " ठुलोबुबा  हजुरले दाइलाई फोन  गर्नुभएको छैन रे त  "ठुलोबुबाको उतर आयो त्यसले चाहिँ मलाई   कहाँ गरेको छ  र ?"  यो सुनेर  खै किन  हो मेरो मनमा आचानक खुकुरी नै प्रहार भए जस्तो भयो । अनि यसो दाइलाई सम्झेँ   त्यो बिरानो सहरमा बसेको मेरो दाइलाई पक्कै यहाँ भएका मान्छेको याद त आउँछ होला । अनि याद आयो दाइ गएका दिनमा फोनमा नदेखिएका त्यी आँसुका  ढिका । मैले ठुलोबाबालाई धेरै सम्झाउन खोजे तर, खै ठुलोबुबा अझै पनि दाइले फोन गरेपछि मात्र उठाउनुहुन्छ । सायद ठुलो भएर हो कि के हो म बुझ्न सक्दिनँ।

अब हुन त आफ्नै हालत त्यही नै छ । म पनि कसैलाई पहिले बोलाउन चाहदिनँ । तर, कुनै बेला एउटा मान्छे  नि हुँदो रहेछ जोसँग बोलेपछि खुसी जस्तो मिल्ने रहेछ । तर त्यो मान्छेले मैले मात्र बोलाउने प्रतीक्षा गर्छ भने सधैँ म नै पहिले बोलाइराख्नु ? कसले पहिले बोलाउने को पहिला बोल्ने भनेर भाउ खोज्दाखोज्दै धेरै  सम्बन्धहरू त्यसै टुट्छन् । आखिर हुन त चाहे मित्रताको होस् या अरू सम्बन्ध  होस् दुवैबाट सम्बन्ध  जोगाउन कोसिस त हुनु पर्यो नि ।  सायद यही बुझेर म कोहीसँग पनि त्यस्तो धेरै बोल्न खोज्दिनँ तर, जुन सम्बन्धमा  कदर हुँदैन झन् त्यो सम्बन्ध त खै नुनविनाको खाना  जस्तै हुन्छ ।  त्यसैले सम्बन्धको कदर गर्नु ठुलो कुरा हो । सम्बन्ध जोगाउनका लागि दुवैतिरको साथ र सद्भावको आवश्यकता पर्छ ।  एउटा हातले मात्र ताली त बज्दैन सम्बन्धको के  कुरा गर्नु र ?