Logo

Student Corner

निबन्धः संविधान र यसकाे महत्त्व

Written by: Suprabh Acharya - 27014, Grade VIII

Posted on: 23 February, 2023

संविधान भनेकाे कुनै पनि देशकाे मूल कानुन हाे । जुनसुकै देश सञ्चालन गर्नका लागि पनि विभिन्न किसिमका नियम कानुनकाे आवश्यकता पर्दछ । त्यस्ता नियम कानुनकाे पनि कानुन अर्थात मूल कानुन भनेकाे संविधान हाे । यही संविधानमा व्यवस्था भएका कुराहरूले देशमा आवश्यक नीति नियम, ऐन कानुन बन्ने गर्दछन् ।

संविधान भनेकाे देश र त्यसमा सम्बन्धित सबै जस्तै, नागरिक, राज्य, सरकार आदिलाई अनुशासनमा राख्ने नीति नियमकाे दस्तावेज हाे । नेपालका हकमा संविधान नै मुल कानुन हाे र याेभन्दा माथि काेही पनि रहँदैन । संविधानले देशका नागरिकलाई अधिकार र कर्तव्य दुवै प्रदान गरेकाे हुन्छ । नागरिकले पाउने हक अधिकारका कुरा र कर्तव्यका कुराहरू पनि संविधानमा लेखिएकाे हुन्छ । हामीले जुन देशमा बसिन्छ त्यही देशकाे संविधानमा व्यवस्था गरिएका नीति नियमकाे पालना गर्नुपर्दछ । संविधानले राज्यका निर्देशक सिद्दान्त, नागरिकका माैलिक हक उल्लेख गरेकाे हुन्छ । देशमा कुनै किसिमका झैझगडा नहाेआेस्, सबै नागिरकले बराबरी अधिकार प्राप्त गरून्, काेही पनि अन्यायमा नपरून् भन्ने उद्देश्यले नै संविधानकाे निर्माण गरिएकाे हुन्छ । संविधानमा उल्लेख गरिएका व्यवस्था र नियम कानुन सबै नागिरकले पालना गर्नु सबैकाे कर्तव्य हुन आँउछ । यदि कसैले संविधानमा उल्लेख गरेकाे नियम कानुनकाे विपरीत काम गरेमा जाे काेहिले पनि सजाय पाउँछन् ।

संविधान निर्माण वुद्धिजीवी, कानुनविद् र नागरिकले चुनेका जनप्रतिनिधिहरूले मिलेर गरेका हुन्छन् । नेपालमा पनि वि.सं २०६४ सालमा संविधान बनाउनका लागि संविधानसभाकाे निर्वाचन भएकाे थियाे र पछि फेेरि अर्काे निर्वाचनबाट नपालकाे संविधान २०७२ निर्माण गरेकाे हाे । एक पटक बनाएकाे संविधान आवश्यकता परेकाे खण्डमा समय समयमा संसाेधन गर्ने वा फेर्ने काम पनि हुन्छ । हाम्राे देंश नेपालमा वि.सं २००४ सालमा, वि.सं २००७ सालमा, वि.सं २०१५ सालमा, वि. सं.२०१९ सालमा, विसं २०४७ सालमा, वि. सं २०६४ सालमा र वि.सं. २०७२ सालमा गरी ७ वटा संविधान बनिसकेका छन् । नयाँ संविधान बनेर लागु हुने वित्तिकै देश त्यही नँया संविधानका आधारमा सञ्चालन हुने गर्दछ ।

संविधानकाे मूल उद्देश्य भनेकाे नै देशका नागरिकका हक, अधिकार र कर्तव्यकाे उल्लेख गरी सुव्यवस्थित रूपमा देशलाई सञ्चालन गर्नु हाे । यस किसिमकाे संविधान सबै नागरिककाे हितमा हुने गर्दछ  तर सविंधान बनाउँदैमा देश र नागरिकलाई फाइदा पुग्छ भन्ने हाेइन त्यसका लागि यसमा व्यवस्था गरिएका नियम कानुनहरूकाे अक्षरस पालना हुनुपर्दछ र त्यसलाई पालना गर्नु  प्रत्येक नागरिककाे कर्तव्य हुन आँउछ भने यसलाई पालना गराउनु राज्यकाे दायित्य हुन आँउछ । संविधानमा लेखिएका कुराकाे पालना भएकाे छ कि छैन भनेर रेखदेख गर्ने काम सरकारकाे हाे । त्यसैले संविधानकाे पालना गरी त्यहाँका नागरिकलाई हक अधिकार प्रदान गरी कर्तव्यनिष्ट नागरिक निर्माणमा सरकारकाे भूमिका महत्त्वपुर्ण हुन्छ । यस्ताे सरकारकाे याे महत्त्वपुर्ण कामकाे व्यवस्था समेत संविधानमा उल्लेख भएकाे हुन्छ त्यसैेले संविधान देशका लागि महत्त्वपूर्ण दस्तावेज हाे ।