Written by: Prisha Acharya - 29040, Grade VI
Posted on: 23 February, 2023
जन्मेकाे ठाउँ यही उपत्यका पाटन अस्पताल
माया पाएकी सबैकाे यहाँ ठिकै छ मेराे हाल ।
याे देश राम्राे मुटु हाे हाम्राे छ माया लागेकाे
देशकाे गाैरव बचाउने प्रण मनमा जागेकाे ।
बसेका धेरै विदेशी भूमि आफ्नाे कान थुनेर
सपना पूरा गर्ने हाे मैले पुकार सुनेर ।
पढे लेखेर मेहनत गर्छु भविष्य बनाउँछु
सन्तान भएर सन्तान हुनुकाे कर्तव्य निभाउँछु ।
नेपालकी छाेरी नेपाली म हुँ माया छ देशकाे
गर्ने छु विकास इज्जत गर्ने छु भाषा र भेषकाे ।