Logo

Student Corner

आमाबुबाको माया

Written by: Roji Gurung - 26007, Grade IX

Posted on: 22 February, 2023

करिब तिस चालिस वर्षअगाडि नेपालको एउटा पूर्वी गाउँमा एउटा सानो परिवार बस्थ्यो । परिवारमा दुई भाइ, एक बहिनी र आमाबुबा बस्थे । परिवार सानो भएपनि सबैजना त्यहाँ मिलिजुली र एक अर्कालाई माया गरेर बस्थे । आमाबुबाले ती तीन छोराछोरीलाई धेरै नै दुःख गरी पालेका थिए । आमा सरिता र बुबा किशोरले भागी बिहे गरेका थिए । त्यसैले उनीहरूलाई समाजले स्वीकारेका थिएनन् । समाजले जति हेला गरे पनि उनीहरूले दुःखसुख सहेर आफ्ना बालबालिकाहरूलाई पाले । सरिता र किशोरले आफ्नो नयाँ जीवन बिताउन नयाँ गाउँमा सरेका थिए । त्यसैले उनीहरूका काेही आफन्तहरू थिएनन् ।  उनका छाेराहरू विवेक र सम्राट थिए भने छोरी भने निरुता थिई । छोराछोरी गाउँबाट धेरै टाढाकाे विद्यालयमा पढ्ने गर्थे । उनीहरूलाई विद्यालय पुग्न पनि साढे १ घण्टा जति लाग्थ्यो।  विद्यालय टाढा भए पनि उनीहरू पढ्नमा भने धेरै सिपालु थिए र बिहान सबेरै उठेर विद्यालय जाने गर्थे । सरिता र किशोर गाउँमै सानो जग्गा लिई खेती किसानी गर्थे । 
त्यो गाउँमा एक बुढीआमा एक्लै बस्नुहुन्थ्याे । ती बुढीआमासँग घरबार, धनसम्पत्ति भरिपूर्ण थियाे । उनीहरूलाई आफ्नो घरमा बस भनी घर नै दिएकी थिइन् ।  ती बुढी आमाको दया र करुणाभाव  देखेर ती जोडीको मन पग्लेको थियो ।  उनीहरू त्यो घरमा बसे र जग्गा किनी खेती किसानी गर्न थाले । रोपेको तरकारी किशोरले विभिन्न गाउँ सहरमा गई बेच्ने गर्थ्यो ।  त्यसैले ऊ टाढा टाढासम्म पनि बेच्न जान्थ्याे । कहिले कहिले त उसलाई घर फर्कन नै एक हप्ता नै लाग्थ्याे ।  किशोर व्यापार गर्न जाँदा घरमा सरिता र तीन छोराछोरी मात्र बस्थे । त्यतिबेला पनि उनीहरूले दुःख गरी आफ्नो छोराछोरीलाई कक्षा दस पास गराए । कक्षा दस पास गरिसकेपछि उनीहरूलाई सहर पढ्न पठाए ।  ठुलो छोरा विवेकले कक्षा दस पास गरेपछि पोखरा पढ्न पठाए । विवेकले त्यहाँ धेरै राम्ररी पढ्यो । त्यसपछि सम्राटलाई बुटवल पढ्न पठाए । सम्राटले पनि राम्ररी पढ्यो ।  त्यसपछि निरुतालाई पनि पोखरा पढ्न पठाए । निरुता, सम्राट र विवेक सबैले धेरै राम्ररी पढे ।  सरिता र किशोर दुवै खुसी थिए र ढुक्क पनि भए ।  विवेकले काम गर्न थाल्यो र परिवार पाल्ने जिम्मा लियो । बिस्तारै निरुता र विवेकले पनि काम गरी पैसा कमाउन थाले ।  छोराछोरीले काम गर्दा पनि किशोर र सरिताले काम गर्न छोडेनन् । पछि तीनै जनाको  धुमधामसँग बिहे गरिदिए । छोरी निरुता भने आफ्नो पतिसँग अमेरिका गई । विवेकले काठमाडौँमा ठुलो कम्पनी खोली व्यापार गर्न थाल्याे ।  सम्राटले बैङ्कमा राम्राे जागिर पायो।  सबैले आफ्ना आफ्ना घर बनाई बस्न थाले । सबैजना राम्रो काम गरी आफ्नाे जीवन बिताइरहेका छन् । तर, केही समयपछि सरिता र किशोरलाई बिर्सिन लागेकाे जस्ताे व्यवहार गरे । सरिता र किशोरले पनि छाेराछाेरीहरू काममा व्यस्त हुन्छन् भनेर त्यति ध्यान दिदैन थिए । छोराछोरीलाई फोनमा बोल्दा पनि छोराछोरी धेरै समयसम्म बोल्दैन थिए।  काम छ भनि कुरा टारी दिन्थे । बिस्तारै उनीहरूले आफ्ना आमाबुबालाई हेप्न थाले ।  विवेकले आमाबुबालाई सहरमा ल्यायाे । गाउँमा बसेका र सहरमा कहिले नबसेका सरिता र किशोरलाई त्यहाँ बस्न धेरै गाह्राे भयो । विवेकको पत्नीले पनि उनीहरूलाई हेप्ने गर्थी । यो देखेर किशोर र सरितालाई धेरै नै दुःख लाग्यो । सम्राटले त झन् आफ्ना आमाबुबालाई बिर्सिसकेको थियो । केही समयपछि तीन भाइबहिनी मिलेर सरिता र किशोरलाई वृद्धाश्रममा राख्ने निर्णय गरे । सरिता र किशोरले यो कुरा कुनै हालतमा पनि स्वीकारेनन्, मानेनन् र बरु गाउँमै बस्छु भने ।  सरिताले विवेक र सम्राटलाई आफ्नो मनको कुरा पोखे । बरु हामी बुढाबुढी मात्रै बस्छाैँ ,तिमीहरू काेही पनि चाहिँदैन भनि उनीहरू गाउँ जाने तर्खर गरे। विवेक र सम्राटले नमाने पनि उनीहरू गाउँमा गई बस्न थाले । आमाबुबाले दुःख गरी पढाए, असल बनाए पनि छोराछोरी यस्तो हुँदा सरिता र किशोरलाई धेरै दुःख लाग्यो । त्यति दुःख सहेर हुर्काएको कुनै अर्थ नरहँदा उनीहरू गाउँमा एक्लै बस्न थाले ।  जति नै दुःख भए पनि आफ्नो बच्चाहरूलाई माया गर्न भने कहिले छाडेनन् । आमाबुबा त आमाबुबा नै हुन् ।।