Logo

Student Corner

बाल्यकाल

Written by: Sukrit Jung Basnet - 24046, Grade XI

Posted on: 22 February, 2023

हाँसखेल गर्दागर्दै बित्यो मेराे बाल्यकाल ।

कलिलो उमेरमा किताबको बोझले भयो बेहाल ।।


 

सानै हुँदा किताबको भारले दबेको बाल्यकाल ।

रमाइलो गर्न रोक्छ अहिले,बनेर पढाइ नै ढाल ।।


 

बाल्यकाल भने किताब रटान मै कति गए ।

मेरा  रमाइला क्षण यादमै सीमित रहे ।।


 

बरू आनन्द सानै हुँदा अहिले पो बोझ भयो ।

एक पलको हाँसो पनि देखी नसही छिनमै गायब भयो ।।


 

धेरै साथी भाइसँग सानैमा डुलियो खोलानाला ।

कहिले भकुन्डाे कहिले कबड्डी खेलेरै गयो कैयौँ छाला ।।


 

कहिले चुङ्गी त कहिले भकुन्डी खेलेर नै गए ।

निराश छु आज, ती पल याद मै सीमित रहे ।।