Logo

Student Corner

सपना

Written by: Eshanee Manandhar - 28004, Grade VII

Posted on: 22 February, 2023

सपनाहरू देख्दछौँ सुत्दा सुत्दै निदाउन 
दिनभरीका कामहरू सोच्दै सोच्दै याद गर्न 
कहिले आउँछन् नराम्रा कहिले आउछन् ठुला काम
नराम्रा आए पनि उठ्छु रातको बिचमा ।

आफ्नो सपना पूरा गर्न मेहेनती बन्छु अब 
कहिले पाउँछ दुख भने कहिले पाउँछ सुख 
हामीहरूसँग जीवनमा के बन्छु भनेर सपना हुन्छ 
ठुलो भइसकेपछि त्यो सपना बन्छ विपना ।

कहिले मेहिनत नगरेर सपना पूरा गर्न सक्दैन 
साथै महिनत नगर्ने मानिसहरूको दुख कहिले मर्दैन 
मानिसहरूलाई बन्नुछ धेरै प्रकारका ठुला मानिस 
मेहनत नगरेमा बन्दैनन् काेही पनि मानिस

सपना आउन सक्छ जेजेको पनि
सपना पूरा बनाउनलाई सबै सुन्नुपर्छ राम्ररी 
ठुलो मानिस बन्नलाई सोच्नुपर्छ राम्ररी 
भविष्य राम्रो बनाउनुपर्छ अहिले

हामीहरूसँग जीवनमा के बन्छु भनेर सपना हुन्छ 
ठुलो भइसकेपछि त्यो सपना बन्छ विपना 
ठुलो मानिस बन्नलाई सोच्नुपर्छ राम्ररी 
भविष्य राम्रो बनाउनुपर्छ काम गरी