Logo

Student Corner

मानिस र जनावरहरूको सम्बन्ध

Written by: Sabhya Marasini Pradhan - 30039, Grade V

Posted on: 22 February, 2023

मानिसहरू र जनावरहरू धेरै अगाडिदेखि सँगै भइरहेका छन्। विशेष गरी कुकुरहरू । पहिला-पहिला, मानिसहरू ब्वाँसोलाई कुकुर जसरी पाल्थे। ब्वाँसाहरू विकसित भएर अहिलेका कुकुरहरू बन्न पुगेका हुन्। मानिसहरू र जनावरहरूको सम्बन्ध बलियो छ किनभने जनावरहरूले मानिसहरूलाई फुर्तिलो बनाउँछ, र मानिसहरूलाई अल्छी हुनबाट रोक्छ अनि बाहिर जान प्रेरणा दिन्छ। आजकल, धेरै जस्तो घरहरूमा, कुकुर र बिरालाहरू देखिन्छन् तर अरू जनावरहरू पनि  पाल्ने इच्छा लाग्छ। मेरो घरमा कुकुर वा बिरालो छैन तर मेरो मामाघरमा र हजुरबुबा-हजुरामाहरूको घरमा चाहिँ छ। मलाई सबै जनावर मनपर्छ र तिनीहरूको माया लाग्छ तर मलाई कुकुर सबैभन्दा मनपर्छ।