Logo

Student Corner

श्रम

Written by: Jyotsana Tako - 29041, Grade VI

Posted on: 21 February, 2023

किसानहरू काम धेरै गर्छन् खेतमा गएर 
दिन रात नभनी काम गर्छन् धेरै पसिना झारेर

 

हिमाल हाम्राे उच्च हाे शिर त्याे पनि हेरेर
चन्द्र खाेज्न म असफल भएँ देशलाई घेरेर

 

फूलबारी देख्दा फूलकै लागि घामपानी चाहिन्छ 
हरियाली र थुङ्गाकाे लागि माली नै चाहिन्छ ।

 

नेपाली सेना गाेर्खाली भए दिनरात लडेर 
नेपालकाे नाम अत्युच्च पारे परिश्रम गरेर ।

 

म पनि एक बालिका हुँ है याे प्याराे देशकीे
नेपालकाे नाम राेशन गर्न अगाडि बढेकी ।