Logo

Student Corner

रिस

Written by: Suprabha Thami - 23043, Grade XII

Posted on: 21 February, 2023

कुनै कारणवश कसैप्रति गरिने ईर्ष्या नै रिस हाे । हामीले जानअनजानमा गरेकाे गल्तीले रिसकाे भावना अरूमा पैदा हुन्छ । मानिसले आफूले चाहे वा खाेजेजस्ताे भएन भने मनिसलाई रिस उठ्छ । रिसकाे कारण खासै यही हाे भन्ने नभए पनि रिस मानिसमै रहने  अदृश्य तत्त्व हाे । रिस मानिसभित्र रहेकाे उसले व्यक्त गर्ने एउटा भावना पनि हाे । रिस कहिल्यै पनि कसैका लागि पनि राम्राे हुन सक्दैन । रिसले मानिसकाे नकारात्मक वा पक्षलाई व्यक्त गर्छ । मानिसमा निहित अत्यधिक रिसले विकराल समस्या निम्त्याउन सक्छ।


विभिन्न अध्ययनानुसार रिस हाइपोथालामसलाई उत्तेजित गर्ने एमिग्डालाले गर्ने डरको प्रतिक्रिया जस्तै हो । थप मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्सका भागहरूले पनि क्रोध प्रतिक्रियाको नियमनमा काम गर्न सक्छ । मस्तिष्कको यस क्षेत्रमा क्षति भएका मानिसहरूलाई कहिलेकाहीँ उनीहरूका भावनाहरू, विशेष गरी क्रोध र आक्रामक स्वरूप नियन्त्रण गर्न गाह्रो हुन्छ अनि रिस देखापर्छ ।

 

मानिसमा व्यवस्थित रिस एक उपयोगी भावना पनि हुन सक्छ, जसले मानिसलाई सकारात्मक परिवर्तनका कार्यहरू गर्न उत्प्रेरित गर्दछ । अर्कोतर्फ रिस एक शक्तिशाली भावना हो र यदि यसलाई उचित रूपमा नियन्त्रण गरिएन भने, मानिसहरूमा विनाशकारी परिणामहरू ल्याउन सक्छ । अनियन्त्रित क्रोधले तर्क, शारीरिक झगडा, दुर्व्यवहार, आक्रमण र आत्म-हानि निम्त्याउन सक्छ । मानिसमा उत्पन्न रिस व्यवस्थित रूपमा नियन्त्रण गरिएन भने, रिस नै हाम्रो ठुलो दुस्मन बन्न सक्छ । 
मानिसमा रिस उठ्ने धेरै कारणहरू छन् । कसैले आफूले भनेकाे कुरा मानेन भने रिसाउनु, कुनै काम बिग्रेमा रिसाउनु, कसैसँग कुरा मिलेन भने रिसाउनु, कसैले गाली गर्याे भने रिसाउनु, आफूले चाहेकाे सामान पाइएन भने रिसाउनु यस्ता थुप्रै कारणहरूले हामीलाई रिस उठ्छ । रिसले मानिसलाई कहिल्यै पनि फाइदा गर्दैन । रिसकाे मात्रा नाप्न पनि सकिदैन । रिसले विनाश निम्त्याउँछ त्यसैले रिस मानिसकाे शत्रु हाे र यसलाई काबुमा राख्न सक्नुपर्छ ।