Logo

Student Corner

यो जिन्दगी

Written by: Subir Acharya - 24072, Grade XI

Posted on: 20 February, 2023

मुस्कान मात्र सँगाल्ने हाेइन यो जिन्दगी, 

आँसु पनि सँगाल्नु पर्ने  रहेछ जिन्दगी ।

वसन्त मात्र आउने रहेनछ जिन्दगीमा, 

तुषारे शिशिर पनि आँउदो रहेछ जिन्दगीमा । 


 

भरोसामा बाँच्न मात्र होइन यो जिन्दगी, 

आशामा पनि जिउनु पर्दो रहेछ, यो जिन्दगी ।

खुसी नै खुसी मात्र आउँदैन जिन्दगीमा, 

बिछोडको आँसु पनि आउँछ जिन्दगीमा । 


 

हाँसो र मुस्कान मात्र होइन जिन्दगी, 

आँसु र पीडाको सङ्गम पनि रहेछ  ।

विजय मात्र पक्कै हाेइन रहेछ जिन्दगी,

विजयसँगै पराजय पनि रहेछ जिन्दगी ।


 

जिन्दगी आफ्नै सुरमा चल्छ,

जाे चल्न जान्दैन ऊ गल्छ ।

सिर्जनाकाे मूल हाे जिन्दगी,

जहाँ बास्नादार फूल फुल्छ ।