Logo

Student Corner

भ्रष्टाचार

Written by: Riddhis Sharma - 26006, Grade IX

Posted on: 20 February, 2023

भ्रष्टाचारी नेताहरूको 

कालो छ पैसा सबै

नेपाली जनताको मुखमा भने

ताला लागेको छ सधैँ ।


 

थाहा नै छ हरेक जनलाई

बोल्ने कोही नि छैन

नेपाली हुनुमा छ गर्व भन्छन्

सरम लाग्नुपर्ने भइसक्याे । 


 

नेपाली जनतामा जाग्रुकता हैन

आत्मविश्वास चाहियो अब,

कोही नबोली बस्दछ भने

अपराध घोषित गरौँ । 


 

नेपाली हुनुमा गर्व न भएको होइन

गर्व कायम न भएको हो

चुप लागेको जनतादेखि सबै

दिक्क मात्र लागेको हो । 


 

म पनि अब यसका विरुद्धमा छु

भ्रष्टाचारीदेखि सावधान हाेइन

भ्रष्टाचारीकाे पर्दाफास गराैँ 

भ्रष्ट देखेर पनि न बोल्नेहरू

अपराधी हुन मेरा लागि ।